विश्वकै धनी ४ ब्यक्तिको कार कलेक्सन, कोसँग कुन कार ?

काठमाडौं । विश्व धनाड्यको सूची फोब्सले लाइभ नै राख्ने गरेको छ । फोब्सका अनुसार आज दशैंको टिकाको दिन टप चारमा परेका इलन मस्क, ल्यारी इल्सन, मार्क जुकरबर्ग र जेफ बेजोस छन् ।

उनिहरुको सम्पत्ति तिब्र गतिमा बढिरहेको छ । मस्कको कुल सम्पत्ति झण्डै ५०० अर्ब डलर पुगेको छ । यी चारमा सबैभन्दा कम सम्पत्ति जेफ बेजोसको छ । उनिसँग पनि २३३ अर्ब डलर छ ।

माथि उल्लेखित चार धनाड्यमा सबैको ग्यारेजमा रहेको एउटै कार भनेको म्याकलेरन एफ वान हो । सबैसँग यो मोडल छ । अन्यथा कोही सुपर कारको शौसिन देखिएका छन् भने केही पर्फमेन्स कारको शौखिन छन् ।

इलन मस्क

विश्वको सर्वाधिक धनी मानिसको रुपमा रहेका इलन मस्क कारको शौखिन मानिन्छन् । उनको कार कलेक्सनमा थुप्रै ब्राण्ड समाबेस छन् । उसोत उनि टेस्ला मोटर्सका संस्थापक हुन् । सुरुमा अध्यक्ष तथा सीईओ रहेका मस्क अहिले पनि टेस्लाका सीईओ छन् ।

मस्कको ग्यारेजमा म्याकलेरन एफ वान, बीएमडब्लू ३२० आई, अउडी क्यू सेभेन, १९६७ ग्याजुअर ई–टाइप, फोर्ड मोडल टी जस्ता गाडी छन् ।

त्यसका अलावा टेस्ला मोडल एस, टेस्ला साइबर ट्रक र टेस्ला मोडल एक्स जस्ता आफ्नै कम्पनीले उत्पादन गरेका गाडी छन् । फोब्सको रियल टाइम सूची अनुसार समाचार तयार पार्दासम्म मस्कको कुल सम्पत्ति ४९९ बिलियन डलर रहेको छ ।

ल्यारी इल्सन

ओराकलका संस्थापक ल्यारी इल्सन पनि कारका शौखिन धनाड्य हुन् । उनको ग्यारेजमा पनि निकै प्रिमियम र लग्जरी कारको लामो सूची छ । जसमा म्याक्लेरन एफ वान, लेक्सस एलएफए र अउडी आर८ जस्ता मोडल छन् ।

यसका अलावा थुप्रै सुपर कार र लिमिटेड एडिशन मोडल पनि उनले राखेका छन् । फोब्सको रियल टाइम धनाड्यको सूची दोस्रो स्थानमा रहेका ल्यारी इल्सनसँग ३५० विलियिन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ ।

मार्क जुकरबर्ग

मेटाका प्रमुख मार्क जुकरबर्ग फेसबुककै कारण विश्वभर परिचित नाम हो । आफ्नो ब्यवसायीक सफलताको कारण सानै उमेरमा धनाड्यको सूचीमा परेका जुकरबर्गसँग समाचार तयार पर्दाको समयमा २४५ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ ।

जुकरबर्ग पनि कार कलेक्सनमा शौखिन देखिएका छन् । सुरुवाती दिनमा होन्डाको सबैभन्दा सस्तो कार फिट ह्याचव्याकमा यात्रा गर्ने उनिसँग अहिले सुपर कारको कलेक्सन रहेको छ ।

फक्सवागेन गल्फ जिटीआई, अक्यूरा टीएसएक्स, हाइपर एक्सक्लुसिभ पगानी हायुरा सुपर कार, म्याक्लेरन एफ वानको साथै क्याडिलेक सीटी फाइभ भी ब्ल्याक विङ जस्ता हाइ पर्फमेन्स कारहरु राखेका छन् । मेटाका संस्थापकसँग पोर्सको मिनी भ्यान र पोर्स ९११ जीटीथ्री जस्ता कार छन् ।

जेफ बेजोस

लामो समय विश्वकै पहिलो स्थानको धनाड्यको सूचीमा रहेका जेफ बेजोससँग समाचार तयार तयार पार्दासम्म २३३ बिलियन डलर बराबरको सम्पत्ति रहेको छ । अमेजोनका संस्थापक तथा चेयरम्यान पनि पर्फमेन्स कारको शौखिन मानिन्छन् ।

बेजोसको कार कलेक्सनमा होन्डा एकर्डदेखि फेरारी पिनानफेरिना सर्जियोसम्मका मोडल छन् । अल्ट्रा रेस सुपरकार कोएनिग्सेग सीसीएसआर ट्रेभिटा, रिभियन ‘आर वान टी’ सम्मका मोडल राखेका बेजोससँग म्याकलेरन एफ वान, लेम्बोर्गिनी भिनेनो रोडस्टर पनि छन् ।


Back_to_top