यस्तो देखियो नयाँ जेनेरेशन भेन्यूको फ्रन्ट लुक

काठमाडौं । आगामी नोभेम्बर ४ मा सार्वजनिक हुने नयाँ जेनेरेशन भेन्यूको फ्रन्ट फेसियाको तस्बिर बाहिर आएको छ । सडक परीक्षणको क्रममा धेरै पटक स्टीकरले छोपिएको अवस्थामा देखिएको नयाँ भेन्यूको अहिले भने अगाडिको भाग प्रस्ट देखिएको हो ।

नयाँ जेनेरेशन भेन्यूको फ्रन्टमा ठूलो परिवर्तन भएको देखिन्छ । यसको ग्रिलमा तीन लियरको ५ वटा रेक्ट्राङगुलर बार प्रयोग भएको छ । अर्को ठूलो परिवर्तन यसको एलईडी डिआरएल लाइटमा भएको देखिन्छ । पछिल्लो मोडलमा रहेको रेक्ट्राङगुलर डिआरएलको सट्टामा नयाँ भेन्यूमा सी आकारको लाइट दिइएको छ ।

त्यसैगरी, साइडमा रहेको स्प्लीट एलइडी हेडलाइटले युनिक देखाएको छ । नयाँ भेन्यूमा टुइन भर्टिकल हेडल्याम्प छ । टर्न इनिडकेटर भने माथिल्लो भागमा छ । हुन्डाईले नयाँ भेन्यूको पछाडि रि–डिजाइन गरिएको बम्पर, रिफ्रेस टेलगेट, अपडेटेड टेलल्याम्प क्लस्टर र नयाँ स्पोइलर दिएको छ । अलोय ह्वील पनि पूर्णत नयाँ डिजाइनमा छ ।

यसको बाहिरी डिजाइनसँगै भित्रका केही फिचरहरू पनि देखिएको छ । नयाँ भेन्यूको ड्यासबोर्डमा इन्फोटेन्मेन्ट र ड्राइभर इन्फर्मेसनको लागि १०.२ इन्चका दुई स्कृन कर्भ बनाएर दिइएको देखिन्छ । नयाँ ड्यासबोर्ड लेआउट, ३६० डिग्री क्यामेरा, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, भेन्टीलेटेड सिट, प्यानारोमिक सनरुफ, वायरलेस फोनचार्जर र वायरलेस स्मार्टफोन कनेक्टीभीटी दिइएको छ ।

हुन्डाईले भेन्यूको नयाँ जेनेरेशन मोडलमा पहिलाकै इन्जिनलाई निरन्तरता दिएको छ । नयाँ भेन्यूमा पनि १.२ लिटरको पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटरको डिजेल इन्जिन रहने छ ।

गियरबक्स भने परिवर्तन हुने छ । कम्पनीले पहिलो पटक भेन्यूमा ६ स्पीड म्यानुअल गियरबक्स दिनेछ । साथै, ७ स्पीड डिउल क्लच अटोमेटिक र ६ स्पीडको टर्क कन्भर्टर अटोमेटिक गियरबक्स पनि छनोटमा उपलब्ध हुनेछ ।


Back_to_top