वीरगंजमा खुल्यो दीपलको स्टेट अफ आर्ट शोरुम, दीपल एस ०५ लन्च

वीरगंज । वीरगंजमा दीपलको नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा आएको छ । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा वीरगंजमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

उक्त शोरुमबाट नोभस ब्रदर्स प्रालिले दीपलका अत्याधुनिक ईभीको बिक्रीवितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउने छ ।

नयाँ शोरुमको उद्घाटनको अवसरमा वीरगंजमा लक्जरी, स्टाइल र टेक्नोलोजीले भरिएको इलेक्ट्रीक एसयूभी दीपल एस ०५ सार्वजनिक गरिएको छ ।

केही महिना अघि नेपालमा सार्वजनिक भएको दीपल एस ०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण बजारमा चर्चित बन्न सफल मोडेल हो ।

दीपल एस ०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० दिइएको छ । जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर)को लाइफस्पान छ ।

दीपल एस०५ मा दुवै फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड छन् । यसमा क्विन कोपाइलट सिट दिइएको छ, जसले जिरो ग्राभिटी, लेग सपोर्ट र वान टच न्याप मोड मार्फत यात्रामा अद्वितीय आराम दिन्छ ।

साथै यसमा सेग्मेन्ट-एक्स्क्लुसिभ रिमोट इन एन्ड आउट पार्किङको सुविधा छ । जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले छ

१४.४ इन्चको सनफ्लावर टचस्क्रीन रहेको दीपल एस०५ मा इन्टरनेट कनेक्टिभिटी रहेको छ ।

चारदिने टेस्ट ड्राइभ र एक्सचेन्ज सुरू

यसैबीच कम्पनीले विभिन्न अफरहरुसहित वीरगंजमा चार दिने विशेष टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प सुरू गरेको छ ।

जहाँ दीपलका अत्याधुनिक ईभी लाइनअपहरू दीपल एस ०७ आइसीए, दीपल एल ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र दीपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्ने छन् ।

यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउने छन् । साथै दीपलका केही केही निश्चित मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र निःशुल्क ट्राभल चार्जर पनि पाउने छन् ।


Back_to_top