माघसम्म निगममा डिपोहरूमा फ्लोमिटर जडान गरिने

काठमाडौं । आगामी माघ महिनासम्म नेपाल आयाल निगमका सबै डिपोहरूमा फ्लोमिटर जडान गरिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले मन्त्रालयबाट प्रवाह हुने सेवालाई सहज, सरल, प्रविधि र सेवाग्राही बनाउन ल्याएको ‘तत्काल सुधार कार्ययोजना २०८२’ मा यस्तो उल्लेख गरिएको हो ।

पेट्रोलियम पदार्थको वितरणलाई पारदर्शिता बनाउन नेपाल आयल निगमका डिपोहरूमा माघसम्म फ्लोमिटर जडान गर्ने योजना राखिएको हो ।

साथै, गुनासो सुनुवाईलाई व्यवस्थित गर्न निगममा टोल फ्री नम्बर राख्ने व्यवस्था मिलाइने भएको छ ।

उक्त सुधार कार्ययोजना बुधबार बसेको मन्त्रिस्तरीय बैठकबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।


Back_to_top