रोयल इनफिल्ड स्क्रयाम ४४० मोटरसाइकल नेपालमा बिक्री सुरू, यस्तो छ मूल्य

काठमाडौं । रोयल इनफिल्डको नयाँ मोटरसाइकल स्क्रयाम ४४० नेपालमा सार्वजनिक भएको छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले शनिबारदेखि नेपाली बजारमा स्क्रयाम ४४० को बिक्री सुरू गरेको हो ।

कम्पनीले स्क्रयाम ४४० दुई भेरियन्टमा बजारमा ल्याएको छ । कम्पनीले ट्रेल भेरियन्टको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ र फोर्स भेरियन्टको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।

कम्पनीले नेपाली बजारमा यसअघि स्क्रयाम ४११ बिक्री गर्दै आएको थियो । त्यसको उत्पादन बन्द गरेर कम्पनीले स्क्रयाम ४४० बजारमा ल्याएको हो ।

स्क्रयाम ४४० क्रसओभर एड्भेन्चर डिजाइनमा बनेको छ । स्क्रयाम ४४० मोटरसाइकलमा पहिले बजारमा रहेको स्क्रयाम ४११ को तुलनामा नयाँ हेडलाइट, पूरा नयाँ एलईडी लाइट, बल्की फ्युल ट्याकं, राउन्ड रियरभ्यू मिरर, नयाँ सिंगल पिस सिट, ट्वीक गरिएको नयाँ टेल सेक्सन, नयाँ इन्स्ट्रुमेन्ट कन्सोल र ट्रिपर नेभिगेसन पोड दिएको छ ।

कम्पनीले स्क्रयाम ४४० मोटरसाइकलमा ४४३ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर र आयल कुल्ड, एसओएचसी इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम २४.४ बीएचपी पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

त्यसैगरी, यस मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक ट्राभल सस्पेन्सन सेटअप छ । दुवै टायरमा स्ट्यान्डर्ड डबल डिस्क ब्रेकसँगै डबल च्यानल एबीएस (स्वीचेबल रियर एबीएस) रहेको छ ।


Back_to_top