हुन्डाई ‘न्यू जेनेरेशन भेन्यू’मा ६५ भन्दा धेरै सेफ्टी फिचर र नयाँ टेक्नोलोजी

काठमाडौं । हुन्डाईको न्यू जेनेरेशन भेन्यूमा ६५ भन्दा धेरै सुरक्षा फिचर र नयाँ टेक्नोलोजीको प्रयोग गरिएको छ । हुन्डाई मोटर्स इण्डियाले आगामी साता (नोभेम्बर ४)मा सार्वजनिक गर्ने नयाँ भेन्यू प्रविधिले भरिपूर्ण रहेको हो ।

नयाँ भेन्यूमा हुन्डाईले भारतमा सबैभन्दा एड्भान्स सिस्टमको साथमा इन कार कनेक्टेड टेक, डिजिटल ककपिट र एडास लेभल २ फङ्सन दिएको छ ।

हुन्डाईले नयाँ भेन्यूमा एनभिडियाको चिप प्रयोग भएको नयाँ कनेक्टेड कार नेभिगेसन ककपिट सिस्टम दिएको छ । यसमा इन्फोटेन्मेन्ट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको लागि १२.३ इन्चको नयाँ ड्युल प्यानारोमिक डिस्प्ले दिएको छ ।

नयाँ भेन्यूमा अब २० थरिको इलेक्ट्रोनिक कन्ट्रोलहरू ओभर दी एयर अपडेट हुनेछ । यो फिचरले हुन्डाईको एसयूभी सिस्टममा सर्भिस सेन्टर नगईकनै गाडीको कन्भिनियन्स, सेक्युरिटी र लङटर्म प्रफर्मेन्समा सुधार ल्याउने छ । नयाँ भेन्यूमा ७० कनेक्टेड कार फिचर, हिन्दी, अंग्रेजी, हिङलिस, बंगाली र तामिल सहितको ४०० इनकार भोइस कमाण्ड फिचर दिएको छ ।

म्युजिक लभरको लागि पनि नयाँ भेन्यूमा विशेष व्यवस्था रहेको छ । नयाँ भेन्यूमा ८ वटा बोसको प्रिमियम साउण्ड सिस्टम वायरलेस एण्डरोइड अटो र एप्पल कारप्ले, वायरलेस फोनचार्जर, भेन्टिलेटेड फ्रन्टसिट, ३६० डिग्री क्यामरा, भोइस कन्ट्रोल स्मार्ट सनरुफ, फोरवे पावर ड्राइभर सिट आदि फिचर दिएको छ ।

सेफ्टीको लागि हुन्डाईले नयाँ भेन्यूमा कुनै कसर बाँकी राखेको छैन । कम्पनीले भेन्यूको बडी स्ट्रक्चरमा ७१ प्रतिशत हाईस्ट्रेन्थ स्टील र हटस्ट्याम्ड कम्पोनेन्टको प्रयोग गरेको छ, जसले इन्प्याक्ट प्रोटेक्सनलाई सुधार गर्छ ।

नयाँ भेन्यूमा स्मार्टसेन्स एडास लेभल २ प्याकेज दिएको छ । यसमा फर्वाड कोलुजन अभोइडेन्स असिस्ट, लेन किप असिस्ट, स्टप एण्ड गो सहितको स्मार्ट क्रुज कन्ट्रोल, पार्किङ कोलुजन अभोएडेन्स असिस्ट, ड्राइभर असिस्टेन्स वार्निङ जस्ता १६ थरिका एड्भान्स फिचर रहेको छ ।

त्यस्तै, नयाँ भेन्यूको सबै भेरियन्टमा ३३ थरिको फिचर भने स्ट्याण्डर्ड रहेको छ । नयाँ भेन्यूमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, अटोहोल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ, चारै चक्कामा डिस ब्रेक, सबै अकुपेन्टमा सिटबेल्ट रिमाइण्डर, रोलओभर सेन्सर जस्ता थप फिचर रहेको छ ।


Back_to_top