बीवाइडीको नयाँ मोडलले बनायो रेकर्ड, लन्च भएको १०० दिनमै १ लाख युनिट उत्पादन

काठमाडौं । बीवाइडीले गत २४ जुलाई २०२५ मा लन्च गरेको मिडसाइज एसयूभी सिलायन ०६ ले उत्पादनमा रेकर्ड बनाएको छ ।

सिलायन लन्च भएको १०० दिनमै १ लाख युनिट पूरा गर्ने बीवाइडीको पहिलो मोडल बनेको हो । सिलायन ०६ औसतमा प्रतिदिन १ हजार युनिट उत्पादन भएको हो ।

अल इलेक्ट्रीक र प्लगइन हाइब्रिड पावरट्रेनमा उत्पादन भएको सिलायन ०६ बीवाइडीको ओसियन सिरीजको एसयूभी हो । स्प्लीट हेडल्याम्प र वेभी रियर लाइटबारका कारण यो एसयूभी अन्यभन्दा फरक देखिएको छ ।

बीवाइडीको ई प्ल्याटफर्म ३.० इभो आर्किटेक्चरमा बनेको यो एसयूभी ४०० र ८०० भोल्ट सिस्टममा उपलब्ध रहेको छ । बीवाइडी सिलायन ०६ को लम्बाइ ४८१० एमएम, चौडाइ १९२० एमएम, उचाइ १६७५ एमएम र २८२० एमएमको ह्वीलबेस रहेको छ ।

यो एसयूभीमा ६५.२८ र ७८९.७२ किलोवाट आवरको दुई साइजको ब्याट्री अप्सन दिएको छ । यसमा १६० किलोवाटको फ्रन्टह्वील ड्राइभ र २९० किलोवाटको अलह्वील ड्राइभ मोटर रहेको छ ।

सिलायन ०६ मा ७ वटा एयरब्याग ३० वटा सेफ्टी फिचर सहित बीवाइडीको गड्स आई इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र एड्भान्स सेफ्टी फिचर रहेको छ । यो एसयूभीमा १५.६ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड फ्रन्टसिट, १.७३ स्क्वायर मिटरको प्यानारोमिक सनरुफ आदि फिचर रहेको छ ।


Back_to_top