जीप कम्पास एसयूभीबाट निक्कै सफलता पाएको अमेरिकी कम्पनीले बहुअपेक्षित मोडल रेनिगेड एसयूभीलाई २०२० सम्ममा भारतीय बजारमा ल्याउने भएको छ । जीपले हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न रेनिगेड एसयूभी ल्याउने जनाएको हो ।
सन् २०१६ र्याङ्लर र ग्रान्ड चिरोकसहित भारतीय बजारमा प्रवेश गरेको जिपको व्यापारमा केही वर्षयता लगातार ह्रास आइरहेको छ । आफ्नो व्यापारलाई ध्यानमा राख्दै कम्पनीले दीर्घकालिन मोडलको उत्पादन तथा बिक्री बितरणलाई निरन्तरता दिने भएको हो । जीपले थ्री रो युटिलिटी भेहिकल र सब कम्प्याक एसयूभी ल्याउने योजनालाई अगाडि बढाएको छ ।
जिपले बजारमा ल्याएको ग्रान्ड चेरोक र र्याङ्लरले निक्कै चर्चा कमाएका छन् । भारतमा नयाँ ब्रान्डका मोडल बिक्री गरिरहेको जिपको चर्चित एसयूभी कम्पास एफसीए ग्रुप अन्र्तगत बेस्ट सेलिंग कारको सूचिमा परेको छ । रेनिगेड एसयूभीले २०२०मा हुन्डाई क्रेटा, निशान किक्स, टाटा ह्यारियर र किया एसपी एसयूभीसँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ ।
जीपको यो नयाँ मोडल नेपाली बजारमा समेत आउने अपेक्षा अहिले देखिनै सुरु भएको छ । नेपाली बजारमा अहिले जीपको कम्पास र र्याङलर बिक्री वितरण भइरहेको छ ।

