बढ्यो डिजेल र पेट्रोलको भाउ, लिटरमा कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य बढाएको छ ।

निगमले आइतबार बिहानदेखि लागू हुने गरी डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र पेट्रोलको मूलय प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर २.५४ रुपैयाँ र डिजेलको मूल्य ६.५३ रुपैयाँले बढेर आए पनि आमउपभोक्ताको हितलाई मध्यनजर गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य समायोजनसँगै डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४४. ५० रुपैयाँ, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, पेट्रोल मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८. ५० रुपैयाँ, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


Back_to_top