काठमाडौं । टाटा मोटर्सले वहुपतिक्षित नयाँ एसयूभी सियरा सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा नयाँ सियरा एसयूभीकाे पेट्रोल भर्सन सार्वजनिक गरेको हो । यसको ईभी भेरियन्ट समेत चाँडै सार्वजनिक हुनेछ ।
सियराको आधिकारिक बिक्री भने नोभेम्बर २५ देखि हुनेछ । सियरा टाटाको नयाँ प्लेटफर्म, नयाँ टेक्नोलोजी र मोर्डन डिजाइनमा बनेको एसयूभी हो । यसको अगाडिको भाग पुरानो मोडेलभन्दा पूर्ण रूपमा फरक देखिन्छ ।
बक्सी तथा मस्कुलर बडी डिजाइन भएको टाटा सियराको अगाडि एलईडी डीआरएल, स्प्लीट हेडल्याम्प र पछाडि कनेक्टेड एलईडी टेललाइट दिइएको छ । त्यस्तै, सियरामा ठूलो १९ इन्चको अलोय ह्वील, फ्लस ढोका ह्यान्डल, सिल्हूट कर्नरिङ फग लाइट जडान गरिएको छ ।
टाटाले सियरा एसयूभी कम्पनीकै सबैभन्दा धेरै टेक फिचर भएकाे एसयूभी मोडल हो । यसमा ट्रिपल स्क्रीन ड्यासबोर्ड रहेको छ । १२.३ इन्चको दुइटा र १०.२५ इन्चको एउटा टचस्क्रीन राखिएको छ ।

सियरामा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले स्टीयरिङ-माउन्ट, डुअल जोन क्लाइमेट कन्ट्रोल, चंकी स्टीयरिङ ह्वील लेदरेट, भेन्टिलेटेड फ्रन्ट सिट, प्रिमियम अडियो सिस्टम, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ अगाडि र पछाडिको आर्मरेस्ट, पछाडिको एसी भेन्टहरू, आइआरभीएम छ ।
नयाँ सियराको इन्जिन पहिलाको भन्दा पावर फुल छ । यसमा १.५ लिटर क्षमताको डाइरेक्ट इन्जेक्सन टर्बो चाज्र्ड पेट्रोल इन्जिन छ । उक्त इन्जिनले १७० हर्सपावर र २८० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको म्यानुअल र ७ स्पीडको अटोमेटीक गियरबक्स छ ।

सियरा १.५ लिटर डिजेल इन्जिनमा पनि उपलब्ध छ । यसले ११८ हर्सपावर र २६० न्युटन मिटर टर्क दिन्छ ।
यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस, ईएससी, ३६० डिग्री क्यामेरा, लेभल २ एडास, क्रुज कट्रो, स्वचालित इमरजेन्सी ब्रेकिङ, लेन किप असिस्ट, लेन डिपाचर अलर्ट लगायत फिचर छन् ।



