निसानले सेडान कार सन्नीको नयाँ संस्करण सार्वजनिक गरेको छ । निसानले फ्लोरिडामा आयोजना गरिएको ओसिएन टर्टुगा म्यु फेस्टिभलमा न्यु सन्नी सार्वजनिक गरेको हो ।
कम्पनीले हुन्डाई भर्ना, होन्डा सिटी, सुजुकी सियाजको जस्तै बजार लिने विश्वासका साथ सन्नीको नयाँ जेनेरेशन बजारमा ल्याएको हो ।
नयाँ सन्नीमा निसानको सेडान कार लानीयाको जस्तै कन्सेप्ट दिइएको छ । यसमा कन्भेक्सनल रियर डोर र बुट डिजाइन दिइएको छ । लार्ज भि मोसन ग्रिललाई फ्रन्ट बम्परसंगै राखिएको छ भने, सार्प हेडलाइट, क्रोम ग्रिल अउटलाइट, लार्जर रियर डोर लगायतका विशेषता दिइएको छ ।
यसको लम्बाई रेगुलर मोडलको जति नै रहेको कम्पनीले जनाएको छ । सन्नीमा २७०० एमएमको ह्वीलवेश दिइएको छ । सन्नीलााई भी प्लाटफर्मको आधारमा अपडेट गरिएको हो । यसमा आकर्षक सिट, ड्याशबोर्ड, स्टेयरिंग ह्वील र स्विच गियरको बिशेषता दिइएको छ । यसमा १२२ बीएचपी पावरका साथै १५४ एनएम टर्क क्षमता भएको १.६ लिटर पेट्रोल इन्जिन लगाइएको छ । यसमा म्यानुअल र सीभीटी ट्रान्समिसन दुबै अप्सन दिइएको कम्पनीले जनाएको छ ।

