काठमाडाै । लुक्ला विमानस्थलमा मनाङ एयरका हेलिकोप्टरे र समिट एयरको हवाइजहाज ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले दुर्घटना भएको पुष्टि गर्दै समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको बताए । दुर्घटनामा के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ ।
लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।
केहि समय अगाडी ताप्लेजुङमा मन्त्रि रबिन्द्र अधिकारीसहित ७ जनाको ज्याने गरि हेलिकप्टर दुर्घटनामा परेको थियो ।

