बजाज पल्सर १८० एफ एबीएससहित सार्वजनिक हुँदै

काठमाडौं । बजाज अटोले आगामी अप्रिल १५ मा भारतीय बजारमा पल्सर १८० को एफ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । यो बाइक नन् एबीएसको मूल्य ८६ हजार र एबीएससहितको मूल्य १ लाख भारतीय रुपैयाँमा निर्धारण हुने अनुमान गरिएको छ ।

यसको बारेमा कम्पनीले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

बाइकमा १७८.६ सिसि फोर भल्भ  सीसी सिगंल सिलिन्डर, आयल कुल्ड, २ भल्भ इन्जिन रहको छ । यो इन्जिनले ८५ सय आरपिएममा १७ बिएचपी पावर र १४.२२ एनएम टर्क जेनेरेट गर्छ । 

५ स्पीड ट्रान्समिसन रहने यो बाइकको तौल भने पुरानो बाइकको भन्दा केहि बृद्धि भएको छ । मोटरसाइकलमा कम्पनीले पल्सर २२० को समान प्रोजेक्टर हेडल्याम्प दिएको छ । यसको फ्रन्टमा २६० एमएम  डिस्क ब्रेक र रियरमा २३० एमएमको डिस्क ब्रेक लगाइएको छ । 

यो बाइक हालसम्म नेपालमा आउने नआउँने भने टुङ्गो लागेको छैन् । 


Back_to_top