मारुती सुजुकी बलेनो डूअलजेट हाइब्रिड इन्जिनमा आउने

मारुती सुजुकीले अब आफ्नो चर्चित मोडल बलेनो हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । हाल बलेनो के१० सी १.० लिटर र के१२ सी १.२ लिटर पेटोल इन्जिनमा उपलब्ध रहेको छ । 

मारुतीले बलेनो १.२ लिटर डूअलजेट के१२ सी इन्जिनमा ल्याउने तयारी गरेको छ । फोर सिलिन्डर के१२बी भीभीटी इन्जिनले ८३ बीएचपी र ११५ एनएम टर्क दिनेछ । उक्त इन्जिनयुक्त बलेनोले २१.४ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी समेत कम्पनीको छ । 

त्यस्तै मारुती सुजुकीले डूअलजेट एसएचभीएस पेट्रोल इन्जिनमा भिटारा ब्रोजा समेत ल्याउने तयारी कम्पनीको छ । यो इन्जिनयुक्त ब्रोजा फेसलिफ्टमा आउने अनुमान गरिएको छ । यसले मारुती सुजुकीको सब–फोर मिटर एसयूभीको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा कम्पनीको छ । 


Back_to_top