काठमाडौं । भारत सरकारले फ्यूल इफिसियन्सी बढाउँदै प्रदूषण कम गर्न प्यासेन्जर कारमा कर्पोरेट एभरेज फ्युल इफिसियन्सी (क्याफे)-३.० लागू गर्ने भएको छ । अहिलेसम्म क्याफे-२ लागू भइरहेको भारतमा क्याफे-३ नियम सन् २०२७ अप्रिल १ देखि लागू हुनेछ ।
भारत सरकारले बढ्दो प्रदूषण कम गर्न र प्यासेन्जर भेहिकलको माइलेज वृद्धि गर्दै कार्बनडाइअक्साइड कम गर्न नयाँ क्याफे नियम लगाउन लागेको हो । नयाँ नियम लागूपछि प्रति ३.०१ लिटर इन्धनले १०० किलोमिटर यात्रा गर्न सक्नुपर्ने हुन्छ ।
क्याफे-३ पूर्ण रूपमा लागू हुँदा क्लिन र इफिसियन्ट भेहिकल उत्पादन हुनेछ । साथै, मूल्य महँगो पर्न जाँदा छिटो न्यू इनर्जी भेहिकलतर्फको बाटो तय हुने सरकारको अनुमान छ । भारतमा धेरै कम्पनीले हाइब्रिड कार उत्पादनमा जोड दिने अनुमान सुरू भएको छ ।
क्याफे-३ मा जाँदा कार उत्पादकहरूले बिक्री गर्ने सबै गाडीको औषत गर्ने सुविधा पाउँछन् । त्यसो हुँदा प्योर ईभी, हाइब्रिड र आइसीई इन्जिन सबैलाई मिलाएर कम्पनीले उत्पादन र बिक्री योजना बनाउन पाउँछन् ।
नयाँ मापदण्डपछि क्लिन इन्जिन, राम्रो एरोडायनामिक्स डिजाइन र हाइब्रिड पावर ट्रेनतर्फ कम्पनीहरूले जोड दिनेछन् । अब धेरै ब्राण्डहरूले आइडल स्टप/स्टार्ट फिचर, लाइटवेट मेटेरियल, एड्भान्स भल्भ सिस्टम र हाइब्रिड सिस्टममा थप लगानी गर्नेछन् ।
साना कारमा भने छुट
भारत सरकारले ९०९ केजीसम्म तौल भएका, १२०० सीसी क्षमतासम्मका इन्जिन प्रयोग हुने र अधिकतम लम्बाइ ४ मिटरसम्मका साना सवारीमा भने क्याफे-३ तत्काल लागू हुने छैन । साना कारमा दिएको छुटले गर्दा इन्ट्री लेभलको कारको मूल्य स्थिर रहनेछ । तर, कतिपय वातावरणविद्हरूले भने साना कारमा दिइने छुटले रियर वर्ड इफिसियन्स र सुरक्षामा हुने प्रगतिको गतिलाई घटाउने बताएका छन् ।
क्याफे-३ को नयाँ नर्म्समा साना कारलाई दिएको छुटका विषयलाई लिएर मारुती सुजुकी र टोयोटाले स्वागत गरेका छन् । टाटा मोटर्स, हुन्डाई र महिन्द्राले भने सबै साइजका कारहरूमा इफिसियन्सीको लक्ष्य समान रहुपर्ने वकालत गरेका छन् ।
तौलको आधारमा नयाँ नर्म्समा छुट दिने हो भने उत्पादकहरूले कारलाई हलुका बनाउन प्रयास गर्नेछन् । यसले कारको स्ट्रक्चर र सेफ्टी इकुप्मेन्टमा सम्झौता हुने चिन्ता पनि त्यतिकै छ ।
उपभोक्तालाई के फाइदा ?
उपभोक्ताले निकै इफिसियन्ट गाडी चढ्न पाउने छन् । वातावरण जोगाउन सकिएको खण्डमा पृथ्वीलाई नै फाइदा पुग्नेछ । जहाँसम्म गाडी चढ्नेलाई पुग्ने अन्य प्रत्यक्ष फाइदाको कुरामा टेक्नोलोजी पनि मुख्य विषय हो । माइलेज बढ्ने हुँदा खल्तीमा पनि बचत हुन्छ नै । त्यसको लागि गाडीको मूल्यमा कति फरक पर्छ भन्ने विषय मुख्य हो ।

