४ महिनामा साढे ७ अर्बको विद्युतीय कार आयात, कति युनिट आए ?

फाइल तस्बिर

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना (साउन-कात्तिक)मा साढे ७ अर्ब रुपैयाँ बढीको विद्युतीय कार, जीप, भ्यान आयात भएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको कात्तिकसम्म कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको ईभी कार, जीप, भ्यान आयात भएको हो ।

उक्त मूल्यमा कुल ३ हजार २०३ युनिट विद्युतीय कार आयात भएको हो । ती कार आयात हुँदा सरकारले ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व पाएको छ ।

विभागका अनुसार कात्तिकमा मात्रै ५८३ युनिट ईभी कार आयात भएको छ । त्यस्तै, असोजमा २ हजार १३४ युनिट, साउन र भदौमा ४८६ युनिट ईभी नेपाल भित्रिएको थियो ।

त्यस्तै, चालु आवको ४ महिनामा २ अर्ब २८ करोड रुपैयाँ बराबरको कुल २ हजार ४६४ युनिट कम्बस्चन कार आयात भएको छ । सो बापत सरकारले ५ अर्ब ५ करोड रुपैयाँ राजस्व पाएको छ ।


Back_to_top