काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले एकैसाथ दुई अवार्ड हात पारेको छ ।
कम्पनीले ‘इनर्जी, भिजन, फ्युचर’ थिममा सम्पन्न भएको २०२६ डोङफेङ डिलर कन्फरेन्समा एमएडब्लू वृद्धिले ‘२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स’ र ‘२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स’ अवाडै पाएको हो ।
नेपालमा ईभी प्रवद्र्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीले यी पुरस्कार पाएको हो । एमएडब्लू ग्रुपले नेपाललाई स्वच्छ ऊर्जाका यातायाततर्फ लैजानका लागि पूर्ण ईभी इकोसिस्टम र आवश्यक पूर्वाधार निर्माण गर्न लागिपरेको छ।
एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै १२५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ । जुन न्यू इनर्जीको क्षेत्रमा उल्लेखनीय उपलब्धि हो।
यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ। यसले स्मार्ट फिचर भएका गाडीप्रति ग्राहकको विश्वास र माग बढेको देखाउँछ। कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ।
एमएडब्लूका देशभर १२ वटा बिक्री केन्द्र र १० वटा सेवा केन्द्रहरू छन्। यसको ग्राहक सन्तुष्टि दर ९२ प्रतिशत रहेको कम्पनीको दाबी छ ।
एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले ग्राहकको सन्तुष्टि सधैँ केन्द्रमा रहने बताए । उनले भने, ‘हामी नेपालमा वातावरणमैत्री गाडीहरू ल्याउन निरन्तर काम गर्नेछौँ ,यसले आयातित इन्धनप्रतिको निर्भरता घटाएर, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ, र राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्नेछ। ग्राहक को सन्तुष्टि सधैँ हाम्रा हरेक कार्यको केन्द्रमा रहने छ ।’

