काठमाडौ । नेपालमा अटोमोटिभ, मेकानिकल, इण्डस्ट्रियल तथा एरोनोटिकल इञ्जिनियरिङ्ग क्षेत्र संग सम्बन्धित कार्य गर्दै आएको संस्था इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपालले पहिलो पटक अटोमोटिभ ईञ्जिनियरिङ्ग कन्फ्रेन्स आयोजना गर्ने भएको छ । मे १० र ११ मा धुलिखेलमा उक्त कन्फ्रेन्सको आयोजना हुनेछ । अटोमोटिभ इञ्जिनियरिङ्ग क्षेत्रको अन्तराष्ट्रिय महासंघ फीसीता तथा एसएइ इन्डिया, एसएइ चीन, एसएइ अमेरीका तथा इन्स्टिच्युट अफ अटोमोटिभ सेलोन जस्ता संघ र महासंघ संग समेत इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपालले बिगतलामो समय देखि सहकारी गर्दै आइरहेको छ ।
नेपाल जस्तो सडक यातायातमा निर्भर रहनुपर्ने देशमा अटोमोवाइल क्षेत्रको विकास, प्रविधि, उत्पादन र सेवालाई सार्वजनिक गर्ने, ज्ञान, अनुभव, सिप र पहुँच हस्तान्तरण गर्ने तथा शैक्षिक संस्थाहरु, पेशागत र व्यवस्थापकीय संगठनहरुको बिचमा सहकार्य गर्ने उदेश्यले नेपालमै पहिलो अटोमोटिभ ईञ्जिनियरिङ्ग कन्फ्रेन्स आयोजना गरेको इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर नेपालले बताएको छ ।
संयुक्त राष्ट्र संघले प्रस्ताव गरेको पाँचौ यूएन विश्व सडक सुरक्षा सप्ताह २०१९ को सन्दर्भमा हुने सो कन्फ्रेन्सको थिम इनोभेसन, लिडरशिप तथा सेफर मोवीलिटी रहेको छ । कन्फ्रेन्समा १२ वटा पेपर प्रस्तुत हुनेछ भने १५० जनाको सहभागिता रहने अनुमान छ । नेा प्रसिद्ध विश्वविद्यालय काठमाडौँ विश्वविद्यालयको सहकार्यमा हुने सो सम्मेलनको सहआयोजक नेपाल अटोमेकानिक्स व्यवसायी संघ रहेको छ ।
त्यस्तै सम्मेलनमा नेपालको यातायात व्यबस्थापन, उधमशिलता विकास, अटोल्याण्ड र वर्कशप व्यवस्थापन, लगानी र रोजगारीको क्षेत्रमा समेत छलफल गरिनेछ ।
कन्फ्रेन्समा केयू, आइएइ, नासा, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल इञ्जिनियरिङ्ग एसोसिएसनलगायतको प्रस्तुति हुनेछ भने सोसाइटी अफ अटोमोटिभ इञ्जिनियरिङ्ग: इन्डिया, श्रीलंका तथा फीसीताका प्रतिनिधिहरु समेत की नोट स्पीकरकोे रुपमा सहभागी हुनेछन् ।


