सानो साइजको स्कर्पियो बनाउँदै महिन्द्रा, कहिले आउँछ बजारमा ?

काठमाडौं । महिन्द्राले अहिले चल्तीमा रहेको स्कर्पियोभन्दा सानो साइजमा नयाँ मोडल ल्याउने भएको छ । ‘भिजन एस’ नाममा यसअघि कन्सेप्ट देखाएको मोडल नै बेबी स्कर्पियो हुने चर्चा सुरू भएको हो ।

भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले भिजन एसको सडक परीक्षण सुरू गरको छ । बक्सी डिजाइनमा तयार भएको नयाँ एसयूभीको पछाडि ढोकामा टायर दिएको परीक्षणको क्रममा देखिएको तस्बिरबाट प्रस्ट हुन्छ ।

अहिले पूरै छोपेर यसको परीक्षण सुरू गरिएको छ । महिन्द्राको नयाँ ‘एनयू आईक्यू मोनोकर्क प्लेटफर्म’मा बन्ने सानो एसयूभी सन् २०२७ बाट बजारमा आउने छ ।

महिन्द्राले केही समय अगाडि भएको ‘फ्रिडम एनयु इभेन्ट’मा भिजन एस, भिजन एक्स, भिजन टी र भिजन एसएक्सटी देखाएको थियो । कम्पनीको लाइफ स्टाइललाई ध्यानमा राखेर आउन लागेका यी एसयूभी मध्ये भिजन एस अर्वान एसयूभीका रूपमा आउने छ ।

भिजन एसको धेरै कुरा स्कर्पियोसँग जोडिएको छ । परीक्षणको क्रममा यसको भित्री फिचरहरू पनि केही देखिएका छन् । जसमा रियर प्यासेन्जरको लागि ग्रायाब ह्याण्डल, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, कलर एमआईडी, ठूलो साइजको प्यानारोमिक सनरुफ देख्न सकिन्छ ।


Back_to_top