चालकको सडकमै स्वास्थ्य परीक्षण सुरू

काठमाडौं । कोशी प्रदेशमा सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण र सचेतना सुरू गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाको सहकार्यमा सडकमै स्वास्थ्य शिविर संचालन गरी चालकहरूको स्वास्थ्य चेकजाँच सुरू गरेको हो ।

ट्राफिक प्रहरी कार्यालय इटहरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक गिरी अनुसार स्वास्थ्य शिविरमा चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गर्न थालिएको छ ।

कार्यालयले कोशी राजमार्गको नेमुवा, खनार, दुहबीलगायत क्षेत्रमा सडकमै स्वास्थ्य शिविर राखेको हो । शिविरमा ४१ जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार चेकजाँचका क्रममा १० जना चालकले लागू पद्धार्थ सेवन (लापसे) गरेको पाइएको छ । उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय नेमुवा मोरङ बुझाइएको छ ।

यात्रुवाहक बस, टिपर, म्याजिक, सिटी सफारी, मोटरसाइकल आदिको बढ्दो दुर्घटना र त्यसको जोखिम कम गर्न अभियान संचालन गरिएको बताइएको छ ।


Back_to_top