काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड बेनेलीको १८० एस मोटरसाइकल किन्दा ५५ हजार रुपैयाँ नगद छुट पाइने भएको छ ।
बेनेलीको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनलले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा उक्त छुट दिएको हो ।
कम्पनीका अनुसार नगदमा किन्नेले मात्रै छुट सुविधा पाउने छन् । हाल नेपाली बजारमा ४ लाख ३९ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको १८० एस नयाँ वर्ष अफरमा ३ लाख ८४ हजार ९०० रुपैयाँमै पाइने छ ।
किस्ताबन्दी सुविधामा किन्नेले भने छुट नपाउने कम्पनीले जनाएको छ । यो छुट अफर सीमित अवधिका लागि काठमाडौंमा मात्रै लागू हुनेछ ।
एग्रेसिभ नेकेड स्पोर्टी डिजाइनमा रहेको बेनेली १८० एस मोटरसाइकलमा १७५.३ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, लिक्विड कुल्ड, एफआई, युरो फोर इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम १८ पीएस पावर तथा १४.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स छ ।
साथै, मोटरसाइकलमा स्ट्याण्डर्ड डिस्क ब्रेकिङ सिस्टम, अपसाइड डाउन यूएसडी फ्रन्ट फोर्क, रियर मोनोसक स्विङआर्म, थ्री स्पार्क प्लग इन्जिन सिस्टम, एलईडी लाइट, डीआरएल, अलोय ह्वील, पूरा डिजिटर कन्सोल लगायत फिचरहरू छन् ।

