काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)को कार्यसमिति सदस्यका लागि २५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
यही पुस २५ गते हुने निर्वाचनका लागि बिहीबार १८ जनाले व्यक्तिगत र ७ जनाले संस्थागत रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नाडाको विधान अनुसार १७ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । यद्यपि, सबै कार्यसमिति पदाधिकारी सर्वसहमतिमै चयन गर्ने प्रयास भइरहेको छ ।
नाडाको अध्यक्षमा भने यसअघि नै सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भइसकेको छन् । उनी नाडाको वर्तमान कार्यसमितिमा महासचिव थिए । उप्रेती लामो समयदेखि नाडामा आबद्ध छन् ।
नाडाको ४९ औं वार्षिक साधरण सभा भने गत पुस ९ सम्पन्न भइसकेको छ । नाडाले निर्वाचन कार्यतालिका बिनै साधरणसभा बोलाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन गगर्न निर्देशन दिएको थियो । सो आदेशको पालाना गर्दै नाडाले पुस २५ गते निर्वाचन गर्ने निर्णय गरेको थियो ।


