काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)को नयाँ कार्यसमिति सदस्य निर्विरोध चयन भएको छ ।
बिहीबार सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
अध्यक्ष निर्विरोध चयन भए पनि १७ सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएका थिए । जसमा दीपककुमार अग्रवालले उम्मेदवारी फिर्ता लिएसँगै सबै सदस्य निर्विरोध चयन भएका हुन् ।
नाडा स्रोतका अनुसार पछि अग्रवाललाई मनोनित गरी कार्यसमितिमा ल्याइने सहमति भएको छ ।
नाडाको कार्यासमिति सदस्यहरू (व्यक्तिगततर्फ)मा विक्रम सिंहानिया, दीपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, नारायणप्रसाद पौडेल, अनुपकुमार बराल, अभिक ज्योति, पंकज अग्रवाल, निलमणि पाठक, नवीनकुमार परख, विमल साह, दिवाकर मिश्रा, दीपकराज गिरी, नवराज भुषाल, तोयानाथ खनाल, मिलनबाबु मल्ल, प्रकाश कपुरी, विकास जोशी निर्वाचित भएका छन् ।
संस्थागततर्फ मोरङ अटोमाबाइल्स डिलर्स एशोसिएसनका तर्फबाट डिल्लीराज आचार्य, जानकी अटोमोबाइल्सबाट केदारकुमार अग्रवाल, हेटौंडा अटोमोबाइलसबाट दामोदर प्रसाद अटल, पश्चिमाञ्चबाट दीपेन्द्र कोइराल, लुम्बिनीबाट गणेशप्रसाद भट्टराई, कर्णालीबाट भद्र भण्डारी र सदूरपश्चिमबाट पुस्करराज ओझा चयन भएका छन् ।
नाडाको विधान अनुसार कार्यासमिति २९ सदस्यीय छ । २५ सदस्य निर्विरोध चयन भएका छन् । निवर्तमान अध्यक्ष स्वतः सदस्य रहने छन् । बाँकी तीन जना मनोनित गरिने छ ।
नाडाको ४९ औं वार्षिक साधरण सभा भने गत पुस ९ सम्पन्न भइसकेको थियो । नाडाले निर्वाचन कार्यतालिका बिनै साधरणसभा बोलाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन गर्न निर्देशन दिएको थियो । त्यसपछि नाडाले पुस २५ गते निर्वाचन गर्ने तय गरेको थियो । । तर, सबै कार्यसमिति निर्विरोध भएसँगै अब चुनाव नहुने भएको छ ।

