काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले आफ्नो नयाँ मिड साइज एसयूभी ‘एक्सयूभी सेभेन एक्सओ’ सार्वजनिक गरेको छ ।
कम्पनीले एक्सयूभी ७०० को फेसलिफ्ट मोडलको रूपमा एक्सयूभी सेभेन एक्सओ बजारमा ल्याएको हो । कम्पनीले एक्सयूभी सेभेन एक्सओ विभिन्न ८ भेरियन्टमा सार्वजनिक गरेको हो ।
कम्पनीले एक्सयूभी सेभेन एक्सओकाे सुरूआती मूल्य १३ लाख ६६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) र टप भेरियन्टको २४ लाख ९२ भारु तोकेको छ ।
एक्सयूभी सेभेन एक्सओको आधिकारिक बुकिङ समेत खुलाएको छ । एएक्स ७, एएक्स ७ टी र एएक्स ७ एल भेरियन्टकाे डेलभरी जनवरी १४ देखि र अन्य भेरियन्टको अप्रिलदेखि सुरू हुने कम्पनीले जनाएको छ ।
एक्सयूभी सेभेन एक्सओ ६ सिटे र ७ सिटे दुई विकल्पमा उपलब्ध छ । एक्सयूभी सेभेन एक्सओमा नयाँ फ्रन्ट ग्रिल, रिडिजाइन गरिएको एलईडी हेडलाइट्स, एलईडी फग लाइट्स, परिमार्जित फ्रन्ट बम्पर, १९ इन्चको एलोय ह्वील, एलईडी टेल लाइट, सिग्नेचर स्पोर्टियर रियर बम्पर, पानारोमिक सनरुफ रहेको छ ।

एक्सयूभी सेभेन एक्सओमा ड्राइभर डिस्प्ले, सेन्टर इन्फोटेनमेन्ट र अगाडिको यात्रुको लागि छुट्टै गरी ३ वटा स्क्रीन रहेको छ । हरेकको साइज १२.३ इन्च रहेको छ । त्यस्तै, यसमा टु स्पोक स्टेयरिङ ह्वील, भेन्टिलेटेड फ्रन्ट सिट, अगाडिको यात्रु सिटको लागि पावर्ड बोस मोड, डल्बी एटमस भएको १६ स्पिकर हर्मन कार्डन साउण्ड सिस्टम र वायरलेस चार्जिङ पनि छ ।
महिन्द्रा एक्सयूभी सेभेन एक्सओमा ६ वटा (टप मोडेलमा ७ वटा) एयरब्याग, ५४० डिग्री क्यामेरा, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक र आइएसओ फिक्स सिट एंकरेज, लेभल २ एडास (एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, स्वचालित आपतकालीन ब्रेकिङ) सुरक्षा फिचर छन् ।

एक्सयूभी ७०० ले २०२१ ग्लोबल एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको थियो । महिन्द्राले सेभन एक्सओमा भारत एनक्यापमा फाइभ स्टार पाउने गरी इन्जिनियरिङ गरिएको दाबी गरेको छ ।
कम्पनीले एक्सयूभी सेभेन एक्सओमा पुरानै इन्जिनलाई निरन्तरता दिएको छ । महिन्द्रा सेभेन एक्सओमा २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । यी इन्जिनसँग ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स रहेको छ। एक्सयूभी सेभेन एक्सओको डिजेल भर्सनमा अलह्वील ड्राइभ अप्सन समेत उपलब्ध छ ।
महिन्द्रा एक्सयूभी सेभेन एक्सओले टाटा सफारी, एमजी हेक्टर प्लस र हुन्डाई अल्काजारसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
एक्सयूभी सेभेन एक्सओ भारतमा लन्च भएसँगै नेपालमा पनि चाँडै आउने सहजै अनुमान गर्न सकिन्छ ।

