प्रविधि र ग्राहक केन्द्रित सेवामा जोड दिँदै हुन्डाई नेपाल

काठमाडौं । हुन्डाई नेपालले नयाँ वर्ष २०२६ मा ग्राहकको विश्वास, स्मार्ट मोबिलिटी र दीर्घकालीन मूल्यलाई प्राथमिकतामा राख्दै आफ्नो बलियो उपस्थितिलाई निरन्तरता दिएको छ।

कम्पनीले सन् २०२६ मा नवप्रवर्तन, सुरक्षा र ग्राहक सन्तुष्टिलाई मूल आधार बनाउने भएको हो । कम्पनीले नेपाली सडकमा विश्वास र प्रगतिको यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छ ।

‘हुन्डाई नेपाली ग्राहकका लागि केबल कार ब्राण्ड होइन, दीर्घकालीन यात्राको भरोसिलो साझेदार हो। नयाँ वर्षमा पनि हामी उन्नत प्रविधि, भरपर्दो सेवा र मूल्यवान अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ,’ कम्पनीले भनेको छ ।

देशभर फैलिएको डिलर तथा सेवा संजालकै कारण हुन्डाई आज हजारौं नेपालीको भरोसा बनेको कम्पनीको भनाइ छ । विश्वसनीयता, सुरक्षा र सहज स्वामित्व अनुभवका कारण हुन्डाईले नेपाली ग्राहकको मन जित्दै आएको छ।

हुन्डाई नेपालले विगतदेखि नै नेपालको अटोमोबाइल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । हुन्डाईले नेपाली बजारमा साना कारदेखि एसयूभी, आइसदेखि विद्युतीय सवारी उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले नेपालको सडक र आवश्यकता अनुसार डिजाइन गरिएका अन्तर्राष्ट्रिय मोडेलहरू ल्याइरहेको छ । साथै, बिक्रीपछिको सेवा, स्पेयर पार्टपूर्जा र दक्ष प्राविधिकमा निरन्तर लगानी गर्दै आएको छ।

नेपाल क्लिन इनर्जी र आधुनिक यातायाततर्फ अघि बढ्दै जाँदा हुन्डाईले क्रेटा ईभी र कोना इलेक्ट्रीक जस्ता विद्युतीय सवारी उपलब्ध गराएको छ । यी सवारी साधनले कार्यक्षमता, किफायती मूल्य र वातावरणमैत्री प्रविधिको राम्रो सन्तुलन प्रदान गर्छन्।


Back_to_top