महिन्द्रा स्कपियोमा हुँदैछ यस्तो परिवर्तन, मूल्यमा कति फरक पर्ला ?

भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राले सेप्टेम्बर २०१८ देखि फेब्रुअरी २०१९ को बीचमा माजारो, अल्टुरस जी–४ र एक्सयूभी–३०० सार्वजनिक गरेको थियो । यसले कम्पनीको प्रडक्ट लाइनअपमा देखिएको विभिन्न ग्याप परिपूर्ति भएको कम्पनीको भनाई छ । यस्तैमा अव महिन्द्राले नेक्ट जेनेरेसन स्कर्पियो ल्याउने भएको छ । 

नयाँ आउने स्कर्पियो र बोलेरोले महिन्द्राको प्यासेन्जर भेइकलमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । नयाँ स्कर्पियो बीएस–६ स्ट्यान्डर्डमा आउने छ । स्कर्पियोमा कम्पनीले हालै विकास गरेको २.० लिटर डिजेल इन्जिन दिने जनाएको छ । 

महिन्द्राले विकास गरेको उक्त इन्जिनले लामो समय स्कर्पियोमा प्रयोग भएको २.२ लिटर एमहक इन्जिनलाई विस्थापित गर्ने भएको हो । 

नयाँ इन्जिनले १६० हर्सपावर र ३२० एनएम टर्क दिने छ । नयाँ स्कर्पियो फोर ह्वील ड्राइभ अप्सनलमा आउनेछ । महिन्द्राको चौथो जेनेरेसन स्कर्पियोमा इन्टेरियर तथा एक्सटेरियर दुवैमा निक्कै परिमार्जन हुने छ । 

यसले मूल्यमा भने खासै ठूलो फरक पार्ने छैन । नयाँ स्कर्पियोको मूल्य पनि पुरानै जस्तो १० देखि १७ लाख भारु हुने अनुमान गरिएको छ । 

महिन्द्राको स्कर्पियो नेपाली बजारमा समेत लोकप्रिय रहेको छ । महिन्द्रा स्कर्पियो नेपाली बजारमा अग्नी इनकर्पोरेटेडले बिक्री गर्दै आएको छ । 


Back_to_top