काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आज बिहीबार रातिबाट लागु हुने गरी प्रतिलिटर पेट्रोल १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँले वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ ।
मूल्य वृद्धिसँगै उपभोक्ताले आज राति १२ बजेपछि पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ ।
आयल निमगले पछिल्लो ३ महिनादेखि मूल्यमा समायोजन गरेको थिएन । हिजो १८ वैशाखमा भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य वृद्धि भएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।


