क्रिष्टियानो रोनाल्डोले किने १ अर्ब २५ करोडको नयाँ कार

फुटवल स्टार क्रिस्टियानो रोनाल्डोले संसारको सबैभन्दा महंगो कार ‘बुगाटी ला बोइतुर नोइरे’ किनेका छन् । यद्यपी बुगाटीले आफ्नो सर्वाधिक महंगो कार किन्ने मानिसको नाम सार्वजनिक नगर्ने बताएको छ ।

स्पेनिस स्पोर्टस डेलीकाअनुसार यो कार पोर्चुगिज स्टार फुटवलर क्रिस्टियानो रोनाल्डोले खरिद गरेका हुन् । रोनाल्डो अहिले इटलियन सीरी ए को विजेता यूभेन्टबाट खेलिरहेका छन् ।

डेली मेलका अनुसार यो कारलाई कम्पनीले केही समय अगाडि भएको जेनेभा मोटर शोमा प्रदर्शन गरिएको थियो । रोनाल्डोले यो कारको लागि १.१ करोड यूरो अर्थात् १ अर्ब २५ करोड ७५ लाख रुपैयाँ खर्च गरेका छन् । 

रिपोर्टका अनुसार रोनाल्डोले यो कार सन् २०२१ मा मात्रै घर लान पाउने छन् । किनकी कम्पनीले अहिलेसम्म यसको प्रोटोटाइप मात्र बनाएको छ । बुगाटी ला बोइतुर नोइरेमा कम्पनीले ८.० लिटर टर्बोचार्ज्ड डब्ल्यू–१६ इन्जिन दिनेछ । उक्त कारको टप स्पीड ४१८ किलोमिटर प्रतिघन्टा रहेको छ ।

रोनाल्डोसँग बुगाटी चिरोन कार पनि रहेको छ । उनले गत वर्ष २१.५ लाख पाउन्डमा उक्त कार किनेका थिए । उनिसँग यसका अलावा मर्सिडीज सी क्लास कूपे, एस्टन मार्टिन, लेम्बोर्गिनी एवेटाडोर एलपी ७००–४, फरारी ५९९ जीटीओ, मैक्लोरेन्स एमपी ४, बेन्टले कन्टिनेन्टल्स, रोल्स रोयस फेन्टम जस्ता कार उनको ग्यारेजमा रहेको छ । 


Back_to_top