चर्चित सेलिब्रेटीको ‘ईभी क्रेज’, कसले कुन किने ?

काठमाडौं । नेपालमा विद्युतीय कार (ईभी)को प्रयोग बढ्दो छ । आयात हुने नयाँ कारमध्ये झण्डै ६५ प्रतिशत हिस्सा ईभीकै हुने गरेको छ ।

नयाँ सवारी खरिद गर्नेहरूको रोजाइमा पनि ईभी नै पर्न थालेको देखिन्छ । संचालन खर्च कम, बढ्दो चार्जिङ पूर्वाधार सुविधा, कम मूल्यमै फ्युचरिष्टिक डिजाइन र आधुनिक फिचर भएका कार पाउनु लगायत कारण नयाँ कार किन्नेहरू ईभीतर्फ आकर्षित भइरहेको देखिन्छ ।

पछिल्लो समय समाजमा छुट्टै पहिचान बनाएका कलाकार, खेलाडी, बैंकर, व्यवसायी लगायतहरूले पनि धमाधम ईभी किन्न थालेका छन् ।

सेलिब्रेटीहरूको हरेक गतिविधिले समाजमा ठूलो प्रभाव पार्छन् । अहिले सेलिब्रेटीहरूले ईभीप्रतिको आकर्षण बढाउन सकारात्मक भूकिका खेलिरहेका छन् । कम्बस्चनबाट ईभीमा अपग्रेड हुँदा स्वयम् उनीहरूका साथै वातावरणमा समेत फाइदा पुग्छ ।

पछिल्लो १ महिनामा मात्रै आधादर्जन बढी चर्चित सेलिब्रेटीले ईभी किनेका छन् । यसले ईभीको क्रेज र चर्चा दुवै बढाएको छ । केहीले पूरै पैसा तिरेर त केहीले ब्राण्ड एम्बास्डकको रूपमा सहुलियतमा ईभी किनेका हुन् ।

कसले कुन ईभी किने ?

नेपाली सिने जगतकी चर्चित नायिक रेखा थापाले चिनियाँ ब्राण्ड जेकेको जेको जे सिक्स एसयूभी किनेकी छिन् । सोमबार मात्रै उनलाई एसपीजी अटोमोबाइलले जेको जे सिक्स हस्तान्तरण गरेको हो ।

उनले वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने चाहना अनुरुप ईभी किनेको बताइन् । जेको जे सिक्समा रहेका विभिन्न फिचरका कारण आफूले उक्त गाडी रोजेको उनको भनाइ छ ।

त्यस्तै, अर्की चर्चित अभिनेत्री प्रियंका कार्कीले महिन्द्रा बीई सिक्स ईभी किनेकी छिन् । अग्नि ग्रुपको ब्राण्ड एम्बास्डर समेत रहेकी कार्कीले सोमबार मात्रै बीई सिक्स ईभी लिएकी हुन् । उनलाई श्रीमान आयुसमान देशराजले बीई-६ ईभी उपहार दिएको बताइएको छ ।

त्यसैगरी, अर्की नायिक स्वस्तिमा खड्काले पनि महिन्द्रा कै बीई सिक्स किनेकी छिन् । उनले गत महिना मात्रै बीई सिक्स किनेकी हुन् । उनले त्यसअघि महिन्द्राकै एक्सयूभी ४०० इलेक्ट्रीक एसयूभी चढ्दै आएकी थिइन् । नायिका खड्का महिन्द्राको नेपालको लागि ब्राण्ड एम्बास्डर समेत हुन् ।

चर्चित अभिनेता अनुप विक्रम शाही र प्रदीप खड्काले पनि हालै नयाँ ईभी किनेका छन् । उनीहरूले चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोको एनईभी ब्राण्ड दीपल एस ०७ किनेका हुन् ।

अभिनेता खड्काले एस०७ को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण दीपल एस ०७ रोजेको बताए ।

यसअघि पनि धेरै कलाकारहरूले पनि विभिन्न ब्राण्डका ईभी चढ्दै आएका छन् ।


Back_to_top