नेपाल प्रहरीले ८८ वटा नयाँ गाडी किन्न खोल्यो टेन्डर

काठमाडौं । नेपाल प्रहरीले ८८ वटा गाडी किन्ने भएको छ । प्रहरीले ४ वटा कार १४ वटा जीप र ७० वटा डबल क्याप पिकअप किन्न लागेको हो ।

गाडी बिक्री गर्ने फर्म तथा कम्पनीले जेठ १९ गते दिउँसो १२ बजेसम्ममा डकुमेन्ट बुझाइसक्नु पर्ने छ । नेपाल प्रहरीले वैशाख २० गते बोलपत्र सुचना प्रकाशित गरेको हो । 

उक्त टेन्डरमा सहभागी हुने कार सप्लाई गर्ने कम्पनीले ३ लाख ४५ हजार रुपैयाँ धरौटीको रुपमा अग्रिम बैंक डिपोजिट राख्नुपर्ने छ । साथै डकुमेन्ट बुझाउँदा ३ हजार रुपैयाँ डकुमेन्टेशन दस्तुर बुझाउनु पर्ने हुन्छ ।

त्यस्तै जीप विक्रेताले सुरुमा २६ लाख २४ हजार रुपैयाँ डिजोजिट गर्नुपर्ने छ भने फर्म बुझाउदा ५ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

सबैभन्दा धेरै माग भएको डबल क्याब पिकअप विक्रेताले ६७ लाख ५० हजार रुपैयाँ डिपोजिट राखि २० हजार रुपैयाँमा डकुमेन्ट शुल्क बुझाउनुपर्ने छ ।

बोलपत्र बुझाउनका लागि अनलाइनबाट  www.bolpatra.gov.np/egp मा गएर फारम भर्न सकिने छ । बोलपत्र फारम भरेको रकम राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १–१–००१ मा डिपोजिट गर्न सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।


Back_to_top