पब्जीको थिममा टाटा नेक्सन (भिडियो सहित)

पब्जीलाई संसारकै चर्चित अनलाइन गेमको रुपमा चिनिन्छ । यस खेलका कारण यूवा पुस्तामा नकारात्मकता बढेको भन्दै नेपाल सरकारले यो खेलमा प्रतिबन्ध नै लगायो तर, अदालतले तत्काल प्रतिबन्ध नलगाउन भनेसँगै नेपालमा यो खेल युवाहरुले खेलिरहेका छन् । 

पब्जीको लगाव यति धेरै छ की एक भारतीय युवाले टाटा नेक्शानलाई पब्जीको थिम अनुसार परिमार्जन गरेका छन् । उनले, यसको फ्रन्ट, साइड र रियरमा पब्जी स्टिकरसँगै स्लोगन लगाएका छन् । यसरी परिमार्जन गरिएको नेक्सन रेगुलर मोडल भन्दा निक्कै अलग देखिएको छ ।

 

यसमा नक्कली गोलि राखिएको डिफ्युजर जाडन गरिएको छ । इन्टेरियरमा पब्जी इन्स्पाइरेशनको लागि स्टिकर लगाइएको छ भने, यसको सेन्टर कन्सोलमा रेड जेरी जडान गरिएको छ । पब्जी खेलमा आफ्नो गाडीमा इन्धन हाल्नको लागि सो फक्शनको प्रयोग गर्ने गरिन्छ । 

यस्तै, नेक्सनमा रेड राइनो किट लगाइएको छ । यसले कारलाई थप स्पोर्टी लुक प्रदान गरेको छ भने, फ्रन्टमा साइडको बोनेटमा रातो र रुफमा लगाइएको कालो रंगले कारकलाई आकर्षक बनाएको छ ।

त्यस्तै, अलोय ह्वीललाई ब्लाक कलर थिम दिइएको छ भने, स्पोकमा रातो रंग लगाइएको छ । कस्टुम हाउसले सबै पब्जी एशेसोसिजको मूल्य ४ हजार ५ सय भारु तोकेको छ । 


Back_to_top