काठमाडौं । निसानले भारतमा उत्पादन गरेको नयाँ मल्टी पर्पस भेहिकल (एमपीभी) ग्राभिटी सार्वजनिक गरेको छ । कम्पनीले रेनो ट्राइबरमा आधारित रहेर उत्पादन गरेको ७ सिटे गाडी भारतीय बजारमा बिक्री सुरू गरेको हो ।
कम्पनीले निसान ग्राभिटी विभिन्न ५ भेरियन्टमा बजारमा ल्याएको हो । जसमा बेस भेरियन्ट (भिसिया)को मूल्य ५.६५ लाख भारु र टप भेरियन्टको मूल्य ८ लाख ९३ हजार भारु (एक्स शोरुम) तोकेको छ ।
कम्पनीले ग्राभिटीको बुकिङ समेत खुलाएको छ । ग्राहकले ११ हजार भारु तिरेर अनलाइन् वा डिलमार्फत बुकिङ गर्न सक्नेछन् । बुकिङ गर्ने ग्राहकलाई ग्राभिटी चाँडै डेलिभरी गरिने कम्पनीले जनाएको छ ।
पारिवारिक प्रयोगका लागि सस्तो र बहुउपयोगी एमपीभी खोजिरहेका ग्राहकका लागि ग्राभिटी आकर्षक विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ । निसान ग्राभिटीले रेनो ट्राइबर, मारुती एर्टिगा, मारुती एक्सएल ६ र किया कारेन्स जस्ता गाडीहरूसँग सिधा प्रतिस्पर्धा गर्नेछ।

भारतमा बिक्री सुरू भएसँगै ग्राभिटी केही महिना भित्रै नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।
यस्तो छ गाडी
निसान ग्राभिटी रेनो ट्राइबर ‘सीएमएफ ए प्लस प्लेटफर्म’मा बनेको एसयूभी हो । ४ मिटरभन्दा केही छोटो गाडी रहेको यो गाडीमा ७ सिट क्षमता छ ।
ग्राभिटी मोडल रेनो ट्राइबरभन्दा विल्कुलै फरक देखिएको छ । यसको फ्रन्ट लुक्स निकै आकर्षक छ । साथै, गाडीको पछाडिको भाग पनि निकै मोर्डन डिजाइनमा तयार भएको छ ।

यसमा निकै स्टाइलिस अलोय ह्वील, मोर्डन बम्पर, विल्कुलै नयाँ फ्रन्ट ग्रिल प्रयोग भएको छ । हेडल्याम्प भने ट्राइबरको जस्तै देखिन्छ । अन्य लाइटमा भने निसानले फरकपन दिएको छ ।
ग्राभिटी मोडलको पछाडिको भाग विल्कुलै नयाँ टेल लाइट दिइएको छ । दुई लाइटको बीचमा निसानको लोगो र त्योभन्दा तल्लो भागमा ग्राभिटीको ब्याचिङ देख्न पाइन्छ ।
निसानले ग्राभिटीको ड्यासबोर्डमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र चालकको लागि सुचना प्रदान गर्न ७ इन्चको सेमी डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । कारमा वायरलेस चार्जर, पुस बटम स्टार्ट/स्टप बटम, पार्किङ सेन्सर, हिल स्टार्ट एसिस्ट, टायर प्रेसर मोनिटर सिस्टम, रियर भ्यू क्यामेरा, ६ एयरब्याग रहने छ ।

निसानले ग्राभिटी एमपीभीमा १.० लिटर थ्री सिलिण्डर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन रहने छ । जसले ७६ हर्सपावर र ९५ न्युटन मिटर टर्क प्रदान गर्छ ।
ग्राभिटी ५ स्पीडको म्यानुअल र ईजेड शिफ्ट अटोमेटिक गियर बक्स अप्सनमा उपलब्ध छ । अटोमेटिक भेरियन्टले प्रतिलिटर १९.६ किलोमिटर र म्यानुअलले १९े३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।


