१६ लाखमै आयो सुजुकी ई-भिटारा, दुई ब्याट्री अप्सनमा उपलब्ध

काठमाडौं । भारतमा मारुती सुजुकीले बनाएको पहिलो इलेक्ट्रीक एसयूभी ई भिटाराको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले ई भिटाराको छुट्टाछुट्टै ‘ब्याट्री एज ए सर्भिस’ (बास) मूल्य र पूर्ण मूल्य घोषणा गरेको हो ।

कम्पनीले ई भिटारा विभिन्न चार भेरियन्टमा बजारमा ल्याएको छ । जसमा बेस भेरियन्ट (डेल्टा)को पूर्ण मूल्य १५ लाख ९९ हजार भारु (एक्स शोरुम तोकेको छ ।

त्यस्तै, कम्पनीले जेटा भेरियन्टको १७ लाख ४९ हजार, अल्फा भेरियन्टको १९ लाख ७९ हजार र टप भेरियन्ट (अल्फा डुअल टोन)को २० लाख १ हजार भारु तोकेको छ ।

कम्पनीले ई भिटारा ब्याट्री एज ए सर्भिस (बास) सुविधामा पनि उपलब्ध गराएको छ । यस सुविधामा ग्राहकले प्रतिकिलोमिटर प्रयोगको आधारमा ब्याट्रीको भाडा तिर्छन् । कम्पनीले बास सुविधामा बेस भेरियन्टको मूल्य १० लाख ९९ हजार भारु तोकेको छ । ब्याट्रीको भाडा प्रतिकिलोमिटर ३.९९ भारु तोकेको छ ।

त्यस्तै, जेटाको ११.९९ लाख, अल्फाको १४.२९ लाख र अल्फा डुअल टोनको १४.५१ लाख भारु तोेकेको छ । यी तिनै भेरियन्टमा प्रतिकिलोमिटर भाडा ४.३९ भारु तोकेको छ ।

सुजुकीले ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर र गाडीमा ३ वर्षको वारेन्टी दिएको छ । अतिरिक्त पैसा तिरेमा ५ वर्षको विस्तारित वारेन्टी पनि पाइन्छ ।

कम्पनीले ई भिटाराको डेलिभरी सुरू गरिसकेको छ । तर, आगामी जुलाईसम्म सीमित मात्रमा डेलभरी हुने सम्भावना छ । किनभने मारुतीले भारतीय र अन्तर्राष्ट्रिय दुवै बजारमा सन्तुलन कायम गर्नुपर्नेछ । ई भिटारा विश्वव्यापी रूपमा भारतमा मात्र उत्पादन हुन्छ ।

भारतमा बिक्री सुरू हुने बित्तिकै नेपाली बजारमा पनि उपलब्ध हुने ई भिटारा कति मोटर पावरमा आउँछ, अहिल्यै एकिन भइसकेको छैन । नेपाल सरकारले मोटर पावरको आधारमा कर निर्धारण गर्ने भएको कारण नेपालमा यसको मूल्य अहिल्यै एकिन गर्न सकिँदैन ।

यस्तो छ ई भिटारा

सुजुकीले ई भिटामा ४९ र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ । कम्पनीले बेस (डेल्टा) भेरियन्टमा ४९ किलोवाट आवको ब्याट्री दिएको छ भने अरू तीन भेरियन्टमा ६१ किलोवाट आवरको ब्याट्री दिएको छ ।

ई भिटाराको इन्टेरियरमा फ्लोटिङ टचस्क्रीन इन्फोटेन्मेन्ट स्क्रीन, फुल्ली डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले पाउन सकिनेछ । पानारोमिक सनरुफ, फ्लोटिङ सेन्टर कन्सोल, ट्विनस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, रेक्ट्रयाङ्गुलर एसी भेन्ट्स र रोटरी ड्राइभ सेलेक्टर दिइएको छ ।

सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभीमा वायरलेस एप्पल कारप्ले एण्ड एण्डरोइड अटो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, पावर्ड ड्राइभर सिट, इन्फिनिटीको प्रिमियम अडियो सिस्टम लगायत क्याबिन फिचर छन् ।

सुरक्षाका लागि ७ वटा एयरब्याग, लेभल २ एडास फिचर, हाइटेन्सिल स्टील स्ट्रक्चर, ३६० डिग्री क्यामरा, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, इलेक्ट्रोनिक पार्किङ ब्रेक दिइएको छ । अटोहोल्ड, चारै चक्कामा डिसब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टमले चालकलाई थप सजिलो बनाउने छ ।


Back_to_top