काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै चाइनाधाराबाट यात्रु बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान करिब सवा १ बजेतिर पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेर दुर्घटना भएको हो ।
मुत्यु हुनेमा ६ महिला र ११ पुरुष रहेका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ ।
त्यस्तै, दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेलाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
बस नदीमा खसेको सूचना पाउने बित्तिकै नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य खटेका थिए ।
उक्त बसमा ४० जना बढी यात्रु रहेको बताइएको छ ।
दुर्घटनाको कारण खुलेको छैन भने विस्तृत विवरण आउन बाँकी छ ।

