ट्रायम्फले खुलायाे नयाँ मोटरसाइकलको बुकिङ, यस्तो छ मूल्य

काठमाडौं ।

नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपाली बजारमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्सको बुकिङ खुला गरेको छ ।

कम्पनीले आफ्नो सोसल मिडियामा टिजर सार्वजनिक गर्दै बुकिङ खुला गराएको हो । कम्पनीले ट्रायम्फको स्क्रयाम्बलर ४०० एक्ससी भेरियन्ट मूल्य ७ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुला गरेको हो ।

सम्भवतः यो मोटरसाइकल यही हप्तादेखि बिक्री सुरू हुनेछ । स्क्रयामलर ४०० एक्ससी ‘एक्स मोडल’ भन्दा फरक कस्मेटिक डिजाइन र सेग्मेन्टकै पहिलो नयाँ कलर अप्सनमा छ । पूरा अफरोड प्रेरित डिजाइनमा तयार भएको नयाँ भेरियन्टमा क्रस स्पोक अलोय ह्वील र ट्युबलेस डबल पर्पस टायर छ ।

यसमा अपसाइड डाउन यूएसडी फ्रन्ट फर्क र रियरमा एड्जस्टेबल अपसेट मोनोसक सस्पेन्सन सेटअप रहेको छ । स्क्रयाम ४०० एक्ससीमा बडी कलर विक स्टायलको मडगार्ड, फ्लाइ स्क्रीन, हाइ माउन्टेड फ्रन्ट फेन्डर, सानो विन्ड स्क्रीन, सम्प गार्ड, इन्जिन प्रोटेक्सन गार्ड र सिंगल पिस स्प्लिट सिट छ ।

ट्रु स्क्रयामलर डीएनएमा निर्माण भएको स्क्रयाम्बलर ४०० एक्ससीमा ३९८ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ३९.५ पीएस पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।


Back_to_top