होन्डाले नयाँ इलेक्ट्रीक कार ल्याउने भएको छ । होन्डाले उत्पादन गर्ने नयाँ सिटी इभीलाई ‘होन्डा इ’ नाममा ल्याउने तयारी कम्पनीले गरेको छ । यो कारको होन्डाले गत वर्षको फाङफर्ट अटो शोमा कन्सेप्ट सार्वजनिक गरेको थियो ।
त्यस्तै होन्डाले उक्त कारको प्रोटोटाइप २०१९ जेनेभा मोटर शोमा देखाएको थियो । यो कार ९५ प्रतिशत उत्पादन योग्य भइसकेको दाबी कम्पनीको छ । होन्डा इमा प्रयोग हुने व्याट्री पानासोनिकले बनाएको हो ।
होन्डा इमा प्रयोग भएको व्याट्रीले ९९ एचपी पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ । यो कारले एकपटक फुल चार्ज गर्दा २ सय १ किलोमिटर माइलेज दिनेछ । यसमा प्रयोग भएको व्याट्री ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने दाबी कम्पनीको छ ।
यो इलेक्ट्रीक कारको इन्टेरियर निक्कै आकर्षक बनाएको होन्डाले जनाएको छ । जापानमै उत्पादन हुने होन्डा इ २०१९ को अन्त्यसम्ममा विश्व बजारमा बिक्रीका लागि पठाइने अनुमान गरिएको छ ।

