सुजुकीले जिक्सर २५० एसएफ आगामी हप्ता अर्थात् मे २० मा सार्वजनिक गर्ने तयारी गरेको छ । साथै कम्पनीले जिक्सर १५० एसएफको समेत उत्पादन अन्तिम चरणमा पुर्याएको छ । संभवत कम्पनीले दुबै मोडललाई एकै दिन सार्वजनिक गर्नेछ ।
कम्पनीले जिक्सर १५० एसएफलाई पनि २५० एसएफ जस्तै बनाएको छ । यो बाइकमा कम्पनीले अगाडिको भागलाई स्पोर्टी बनाउन कभरको प्रयोग गरेको छ भने अन्य कुनै परिर्वतन गरेको छैन ।
सिंगल च्यानल एबीएससहित आउने जिक्सर १५० मा १५५ सीसी एयर कुल्ड, फ्युल इन्जेक्टेड इन्जिन दिइएको छ । जुन पुरानो रेगुलर मोडलबाट नै लिइएको हो । ५ स्पीड गियरबक्स जडान भएको इन्जिनले १४.५ एचपी पावर र १४ एनएम टर्क उत्पादन गर्छ ।
टेलिस्कोपिक फन्र्ट फर्ग र रियर मोनोशकको साथ आउने जिक्सर १५० एसएफमा ठूलो फ्ल्याट टायर, उत्कृष्ट ह्यान्डेलिङ पुरानैबाट लिएको छ भने फ्यूल ट्यांक र सिट परिर्वतन गरिएको छ ।
साथै, जिक्सर १५० रेगुलर मोडलमा एबीएस फिर थप गर्दै बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।


