बालेनको चुनावी खर्च : सवारी साधनमा खर्चिए दोस्रो धेरै रकम, केमा कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

उनले उनले चुनावी अभियानका क्रममा आफूले कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।

उनले निर्वाचन कार्यालय, झापामा बुझाएको विवरण अनुसार सबैभन्दा धेरै खर्च वडास्तरीय घरदैलोको क्रममा भएको छ । १५ दिन २९ वटा वडामा घरदैलो गर्दा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, उनको दोस्रो धेरै खर्च सवारी साधनमा भएको छ । दुई वटा सवारी साधन १५ दिनका लागि भाडामा लिँदा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन् । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ ।

त्यसैगरी, उनले पाँच पटक हवाई जहाज मार्फत यात्रा गर्दा ३५ हजार रुपैयाँ भाडा तिरेको विवरणमा उल्लेख छ ।

त्यस्तै, मतदाता प्रशिक्षण कार्यक्रम खाजा खर्च २८ हजार ९७० रुपैयाँ, नमूना मतपत्र छपाईमा ४९ हजार ८५०, निर्वाचन कार्यालय संचालन पानी खर्च १ लाख २० रुपैयाँ खर्च भएको उल्लेख छ ।


Back_to_top