काठमाडौं । नेपालका लागि जेसीबीको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्सले जेसीबी ‘थ्री डीएक्स’ सुपर ब्याकहो लोडरमा पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ।
कम्पनीले ग्राहकको विश्वास अझ सुदृढ बनाउनुका साथै उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यले उक्त योजना ल्याएको हो ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत नयाँ जेसीबी थ्री डीएक्स सुपर खरिद गर्ने ग्राहकहरूले ४ वर्ष वा ८ हजार अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाइ ब्याक मूल्य पाउने छन् ।
तोकिएका संचालन घण्टा तथा नियमित मर्मतसम्भारका शर्तहरू पूरा गरेका ग्राहकले ४ वर्षपछि पनि मूल खरिद मूल्यको ५० प्रतिशतसम्म बाइ ब्याक लाभ पाउने कम्पनीले जनाएको छ ।
यो योजना एमएडब्लू जेसीबीका देशभरका आधिकारिक डिलरहरूमा उपलब्ध रहेको छ ।
यसले ग्राहकलाई वित्तीय सुरक्षासहित भविष्यमा पुनःबिक्री मूल्यबारे स्पष्टता प्रदान गर्ने अपेक्षा गरिएको छ। ‘निर्माण क्षेत्रमा गरिने हरेक लगानीबाट भरपर्दो उपकरण र दीर्घकालीन मूल्य अपेक्षा गरिन्छ। ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सुरु गरेर हामी ग्राहकहरूलाई उनीहरूको खरिद निर्णयप्रति अझ विश्वस्त बनाउने र जेसीबी मेसिनहरूले दिने प्रदर्शन तथा पुनःबिक्री मूल्यप्रतिको भरोसालाई थप मजबुत बनाउने विश्वास लिएका छौं,’ कम्पनीका एक प्रतिनिधिले भने ।
यो पहलले जेसीबी थ्री डीएक्स सुपरको टिकाउपन, विश्वसनीयता तथा बजारमा यसको निरन्तर मागप्रति बलियो विश्वासलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।
नेपालका निर्माण क्षेत्रमा यो मेसिन सबैभन्दा धेरै प्रयोग हुने र भरपर्दा ब्याकहो लोडरहरूमध्ये एक मानिन्छ।
जेसीबी थ्री डीएक्स सुपर उच्च इन्धन दक्षता, शक्तिशाली प्रदर्शन, उच्च उत्पादकत्व तथा न्यून मर्मत खर्चका लागि परिचित छ। यस मेसिनले नेपालभरका सडक निर्माण, जलविद्युत् परियोजना, शहरी पूर्वाधार विकास तथा ग्रामीण विकासका विभिन्न कामहरूमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
एमएडब्ल्यू अर्थमुभर्सले देशभरका देशभर ३२ भन्दा बढी केन्द्रबाट जेसीबीको सर्भिसिङ, स्पेयर पार्टस लगायत सेवा प्रदान गर्दै आएको छ ।


