महिलाको छनोटमा उत्कृष्ट कार बन्यो ‘निसान लिफ’

काठमाडौं । जापानी कार निर्माताले ल्याएको नयाँ जेनेरेसन निसान लिफले ‘विमन वर्ल्डवाइड कार अफ दी इयर २०२६’ जित्न सफल भएको छ ।

जुरीमा समावेस भएका ८६ जनाको मतदानबाट निसान लिफलाई विमन वर्ल्डवाइड कार अफ दी इयर २०२६ अवार्ड प्रदान गरिएको थियो । जुरीमा विश्वका ५५ देशबाट सहभागी महिला अटो पत्रकारहरुले मतदान गरेका थिए ।

निसान लिफको नयाँ जेनेरेशन मोडल क्रसओभर एसयूभी डिजाइनमा आएको छ । नयाँ लिफमा ५२ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन उपलब्ध छ । १५० किलोवाट क्षमतासम्मको डीसी चार्जर सपोर्ट गर्ने कारलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३५ मिनेट लाग्ने कम्पनीको दावी छ ।

निसानले १६० किलोवाट क्षमताको मोटर दिएको लिफ क्रसओभर मोडलले ३५४ न्युटन मिटर टर्क प्रदान गर्छ । सिंगल चार्जमा ५०० किलोमिटर माथिको रेन्ज, क्रसओभर डिजाइन, थुप्रै नयाँ टेक फिचर थप भएर आएको कारण यसले उत्कृष्ट अवार्डसमेत जित्न सफल भएको हो ।

निसान लिफको लम्बाइ ४३५० एमएम, चौडाइ १८१० एमएम र उचाइ १५५० एमएम छ ।


Back_to_top