भारतीय कन्टेनरले एकैसाथ दियो ४ सवारीलाई ठक्कर, ८ घाइते

काठमाडौं । भारतीय कन्टेनरले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिनयी त्रिवेणी गाउँपालिक २ घिउखोला नजिककै ४ वटा सवारीलाई एकैसाथ ठक्कर दिएको छ ।

गएराति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतीय यूपी २१ बीटी २७९१ नम्बरको भारतीय कन्टेनरले ३ वटा यात्रुबस र एउटा मोटर साइकललाई ठक्कर दिएको हो ।

उक्त कन्टेनरले ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई कर्णाली प्रदेश ०१(००१ ख ११९२, लु.प्र.०१ ००१ ख ०८२२, लु२ख २४७५ नम्बरको बस र कर्णाली प्रदेश ००२प ९५७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइतेहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Back_to_top