महिलालाई दुर्व्यवहार गर्ने याङ्गो चालक पक्राउ

सांकेतिक तस्बिर ।

काठमाडौं । सेवाग्राहीलाई दुव्र्यवहार गरेको आरोपमा राइड सेयरिङ प्लेटफर्म याङ्गोका एक चालक पक्राउ परेका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-३२ क्षेत्रपाटी घर भएका ४३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले केही दिन अघि एक महिलासँग विवाद गरेको भिडियो समाजिक संजालमा भाइरल भएको थियो । उनी माथि फागुन २६ गते बालाजुबाट काँडाघारी जान खोज्दा ती महिलालाई अपशब्द प्रयोग गरेको आरोप छ ।

आइतबार टेकुबाट पक्राउ गरेर उनलाई थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त बालाजुमा पठाइएको प्रहरीले जनाएको छ ।


Back_to_top