यी हुन् चीनका १० ठूला ब्याट्री उत्पादक, सीएटीएलको एक्लै ५० प्रतिशत हिस्सा

काठमाडौं । न्यू इनर्जी भेहिकलको बढ्लो व्यापारसँगै ब्याट्री उत्पादकहरू पनि निकै आक्रमक भएका छन् । विशेषगरी चिनियाँ बजारमा हाइभोल्टेज ब्याट्री उत्पादक मध्ये १० ठूला कम्पनीमा सीएटीएल एक्लैले ५० प्रतिशत बजार हिस्सा ओगटेको देखिन्छ ।

सन् २०२६ लागेसँगै सीएटीएल निकै आक्रमक तरिकाले बजार हिस्सा बढाउन सफल भएको छ । रोचक कुरा के छ भने सीएटीएलले एनएमसी ब्याट्रीको चिनियाँ बजार हिस्सामा ८१.६ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । जबकि उसले एलएफपी ब्याट्रीको हिस्सामा ४१ प्रतिशत आफ्नो भागमा पर्न सफल भएको देखिन्छ ।

नयाँ वर्ष लागेसँगै बीवाइडी स्लो देखिएको छ । बीवाइडीले एनएमसी ब्याट्री नबनाउने र एलएफपी ब्याट्री मात्रै उत्पादन गर्दै आएको छ । चीनमा कुल बिक्री हुने हाइभोल्टेज ब्याट्रीमा बीवाइडीको हिस्सा १७ प्रतिशत छ । उसको एलएफपी ब्याट्रीको बजार हिस्सा मात्रै निकालेर हेर्दा २२.६ प्रतिशत देखिन्छ ।

चिनियाँ ब्याट्री उत्पादक मध्ये गोसन इनर्जी तेस्रो स्थानमा देखिएको छ । गोसनले ६.१ प्रतिशत बजार हिस्सा ओगटेको छ । सन् २०२६ को तीन महिनामा भएको उत्पादनलाई हेर्दा गोसनले ०.४ प्रतिशत एनसीएम र ७.७ प्रतिशत एलएफपी ब्याट्री उत्पादन गरेको देखिन्छ ।

सीएएलबी कम्पनी चौथो स्थानमा छ । सीएएलबीले कुल बजारको ५.३ प्रतिशत बजार हिस्सा ओगट्दा एलएफपी र एनसीएम ब्याट्री लगभग बराबर जस्तै उत्पादन गरेको देखिन्छ ।

ईभीई कम्पनी पाँचौं स्थानमा छ । यसको बजार हिस्सा पनि ठ्याक्कै ५ प्रतिशत छ । उसको उत्पादन एलएफपी धेरै देखिन्छ ।

र्याप्ट ब्याट्रो, सनवाडा, एसभोल्ट जस्ता कम्पनी क्रमशः छैटौं, सातौं र आठौं स्थानमा छन् । यी कम्पनीको बजार हिस्सा पनि क्रमशः ३.१, २.८ र २.५ प्रतिशत छ । र्याप्ट ब्याट्रो र सनवाडा दुई कम्पनी एलफपी ब्याट्रीमा बलियो छन् । एसभोल्टको एनएमसी ब्याट्री उत्पादन धेरै छ ।

जेडइनर्जी २.१ प्रतिशत बजार हिस्सा सहित नवौं स्थानमा रहदा ज्याजियाङको १.८ प्रतिशत बजार हिस्सा छ ।


Back_to_top