काठमाडौं । एमएडब्लू ग्रुप अन्तर्गतको बिभिन्न ४ ब्राण्डका गाडीमा ५ अफर पाइने भएको छ । कम्पनीले आज चैत १२ गतेबाट १४ गतेसम्मको लागि बिशेष एक्सचेन्ज कार्निभल आयोजना गरेको हो ।
एमएडब्लू ग्रुप अन्तर्गतको दीपल, नामी, सेरेस र अबतार ब्राण्डका कारमा मेगा एक्सचेन्ज कार्निभल लगाएको हो । उक्त कार्निभलमा गएर चार मध्ये कुनै पनि ब्राण्डको गाडी किन्नेले ५ किसिमका फाइदा पाउने छन् ।

स्कीम सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
कम्पनी दिएको अफरमा आकर्षक नगद छुट र पुरानो गाडीमा उच्चतम भ्यालुएसन दिने जनाएको छ ।
त्यसैगरी, एक्सचेन्ज बोनस, निःशुल्क बीमा र चार्जर तथा ११ वर्षसम्मको ब्याट्रीमा वारेन्टी दिने कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकामा ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्यालेसमा आयोजना भइरहेको छ ।
उपत्यकाबाहिर भने दीपल, नामी तथा सेरेसका शोरुमहरूमा आयोजना हुनेछ ।

एक्सचेन्ज क्याम्पमा अतिरिक्त कार्यक्रमा रोबोटिक शो, किड्स जोन, विभिन्न खेल, खानाको स्टलहरू जस्ता मनोरञ्जनात्मक गतिविधिहरू आयोजना हुनेछ ।

