काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा टीभीएसको ‘ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल’ सुरू भएको छ ।
शंखर समूह अन्तर्गत रहेको टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चैत ११ एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरू गरेको हो ।
उक्त कार्निभलको उद्घाटन समारोहमा ५०० जना भन्दा बढी आगन्तुकहरूको उत्साहजनक सहभागिता देखिएको थियो । जसले कार्निभल स्थलमै हुने गतिविधिहरूमा सहभागितासमेत जनाए ।
कार्निभलमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल टीभीएसका नयाँसँ साट्न सक्नेछन् । साथै, टीभीएसका मोटरसाइकल/स्कुटर अवलोकन गर्न, टेस्ट राइड र भ्यालुयटरहरूसँग परामर्श लिने अवसर पाउने छन् ।
कार्निभलमा ग्राहकले ८ हजार भ्यालु एडिसन, ७ हजार नगद छुट पाउने छन् । साथै, नयाँ सवारी साधन खरिद गर्न मासिक ३ हजार ७१० रुपैयाँँदेखिको किस्ताबन्दी सुविधा पाउने छन् ।
प्रत्येक दिन उक्त एक्सचेन्ज कार्निभलमा विभिन्न किसिमका गतिविधि र मनोरन्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

