दुई मोटर अप्सनमा आयो ‘लीपमोटर ए १०’, मूल्य सोचेभन्दा कम

काठमाडौं । चिनियाँ स्टर्टाअप लीपमोटरले आफ्नो वहुप्रतिक्षित इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले चिनियाँ बजारमा लीपमोटर ए १० बिक्री सुरू गरेको हो ।

कम्पनीले यसलाई अन्तर्राष्ट्रिय बजारमा भने ‘बी ०३ एक्स’ नामबाट बिक्री गर्ने जनाएको छ । बढ्दो प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थिति बलियो बनाउन कम्पनीले ए १० निकै आकर्षक मूल्यमा बजारमा ल्याएको छ ।

कम्पनीले ए १० को विभिन्न चार भेरियन्ट बजारमा ल्याएको छ । जसको बेस भेरियन्टको मूल्य ९ हजार ५०० अमेरिकी डलर (करिब १४ लाख २५ हजार रुपैयाँ) रहेको छ । यसको टप भेरियन्टको मूल्य १२ हजार ६०० डलर (१८ लाख ९० हजार रुपैयाँ रहेको छ ।

आकर्षक मूल्यमा आएको ए १० को लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम र उचाइ १६३५ एमएम रहेको छ । यसमा २६०५ एमएम लामो ह्वील बेस छ ।

ए १० मा ७० किलोवाट र ९० किलोवाटको दुई इलेक्ट्रीक मोटर अप्सनमा उपलब्ध छ । यसले क्रमशः ९४ हर्ष पावर र १२१ हर्ष पावर शक्ति दिन्छ ।

ए १० ब्याट्री पनि दुई अप्सनमा उपलब्ध छ । ग्राहकले ३९.८ किलोवाट आवर र ५३ किलोवाट आवरको विकल्प पाउने छन् । यी ब्याट्रीहरूले क्रमशः ४०३ किमी र ५०५ किमीको रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । ए १० ले फास्ट चार्जर सर्पोट गर्छ । जसले १६ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्छ।

लीपमोटर ए १० मा ‘टेक नेचुरल एस्थेटिक्स २.०’ डिजाइन शैली अपनाइएको छ। यसको अगाडिको भागमा ‘स्माइलिङ’ हेडलाइटहरू रहेका छन्। अगाडिको बम्परमा हावा छिर्ने ट्र्यापेजोइडल प्वाल र फग लाइट क्षेत्रमा भेन्टिलेसन प्वालहरू बनाइएका छन् । ए १० ६ वटा आकर्षक रङहरूमा सिविड ग्रीन, एकर्न ब्राउन, बेरी ब्लू, टुन्ड्रा ग्रे, ग्यालेक्सी सिल्भर र मोर्गन पिंकमा उपलब्ध छ । छतमा लाइडार सेन्सर, ब्ल्याक कलरको डी पिल्लर, युनिक डिजाइनको डोर ह्याण्डल दिइएको छ ।

ए १० एसयूभीको अगाडि लेफ्ट साइडमा चार्जिङ पोर्ट, १८ इन्चको ह्वील तथा रेक्ट्रयाङ्गुलर आकारमा टेललाइट प्रयोग भएको छ । कम्पनीले यसमा फ्रन्ट फेण्डरमा ब्लाइन्ड स्पर्ट क्यामेरा जडान गरेको छ ।

ए १० का मुख्य आकर्षण लाइडार प्रविधि, क्वालकम ८२९५ र ८६५० चिप्स र ५०५ किलोमिटरसम्म सीएलटीसी रेन्ज गरेका छन् ।

यसको इन्टेरियरमा टु-स्पोक मल्टि फक्सन स्टेयरिङ ह्वील, ८.८८ इन्चको पूर्ण एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रीन रहेको छ। यसको इन्फोटेनमेन्ट सिस्टम क्वालकम ८२९५ ककपिट चिपद्वारा संचालित छ भने ‘क्वेन’को एआई असिस्टेन्ट जडान गरिएको छ। मुख्य स्क्रिनको मुनि रहेको फ्लोटिङ बारमा एम्बियन्ट लाइटिङ, फ्राग्रेन्स डिस्पेन्सर, ह्युमिडिफायर, अगाडिका हिटेड सिटहरू छन् ।

ए १० मा लिडार र क्वालकम ८६५० चिप जडान गरिएको छ, जसले गर्दा यसले एक पार्किङ स्थलबाट अर्को पार्किङ स्थलसम्म पूर्ण रूपमा अटोमेटिक ड्राइभिङ गर्न सक्छ । यसमा सिटी एनएपी हाइवे नेभिगेसन र मेमोरी पार्किङ जस्ता सुविधाहरू छन्। यात्रुको सुरक्षाका लागि गाडीको मुख्य भागहरूमा २००० मेगापास्कलको एरोस्पेस-ग्रेड स्टील प्रयोग गरिएको छ।

नेपालमा हाल साँग्रिला मोटर्सले लीमोटरको बी-१०, सी-१० र टी ०३ बिक्री गर्दै आएको छ । चिनियाँ बजारमा बिक्री सुरू भएसँगै ए १० पनि चाँडै नेपाल आउने सहजै अनुमान गर्न सकिन्छ । सम्भवतः ए-१० एसयूभी २०२६ को मध्यसम्ममा नेपाली बजारमा उपलब्ध हुनेछ ।


Back_to_top