भायनेटको क्रिकेट वल्ड कप मेनिया

काठमाडाै‌ । नेपालको पहिलो र बिशाल एफटीटीएच इन्टरनेट सर्भिस प्रोभाइडर  भायनेट कम्युनिकेसन्स्ले यही जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट क्रिकेट वल्र्ड कप मेनिया”नामक नयाँ अफर ल्याएको छ । 

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले इन्टरनेट र टि.भि को सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्तगर्न सक्नेछन् ।  इन्टरनेट र टि.भि. को वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत ६ हजार क्यास ब्याक र ४३ इन्चको एलजि स्मार्ट एलईडी टि.भि जित्ने मौका प्राप्तगर्न सक्नेछन् ।

विगत १९ वर्ष देखिभायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हालविरगंज, बिराटजगर, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भिसेवा सुचारु गरेको छ । 


Back_to_top