मुग्लिन-नागढुंगा सडक १७ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं । मुग्लिन-नागढुंगा सडकखण्ड तीन दिन रातिमा ६ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै चैत १७ गतेदेखि १९ गतेसम्म प्रत्येक राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने जानकारी गराएको हो ।

प्रशासनका अनुसार उक्त समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनको संचालनमा रोक लगाइएको छ ।

मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्यलाई तीव्रता दिन सडक बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।

सडक स्तरोन्नति गर्ने क्रममा भिरकाटानी तथा अन्य प्राविधिक काम गर्नुपर्ने भएकाले यात्रुको सुरक्षा र कामको सहजताका लागि यस्तो कदम चालिएको कार्यालयले जनाएको छ ।


Back_to_top