राइड सेयरिङ चालक बन्न अब यी ७ योग्यता हुनैपर्ने

काठमाडौं । सरकारले राइड सेयरिङ चालक बन्नका लागि आवश्यक योग्यता तोक्ने भएको छ ।

यातायात व्यवस्था विभागले राइड सेयरिङ सेवालाई सुरक्षित, भरपर्दो, व्यवास्थापन र नियमन गर्न ‘डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड २०८२’ जारी गर्दै चालकको योग्यता तोक्ने भएको हो ।

विभागले हाल उक्त मापदण्डको मस्यौदा तयार पारी सरोकारवालाहरूसँग छलफल गरिरहेको छ । छलफलपछि प्राप्त सुझावहरू समेटी मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइने विभागले जनाएको छ । मन्त्रिस्तरीय निर्णयबाट स्वीकृति भएपछि मापदण्ड कार्यान्वयनमा आउने छ ।

प्रस्तावित मस्यौदामा डिजिटल मोबिलिटी सेवामा आबद्ध हुने चालकहरूका लागि विभिन्न ७ वटा योग्यता हुनुपर्ने प्रस्ताव गरिएको हो । जुन यसप्रकार रहेका छन् ।

१. उमेर १८ वर्ष पूरा भएको ।

२. सवारी चालक अनुमतिपत्र प्राप्त गरेको अवधि १ वर्ष पूरा भएको ।

३. धूम्रपान, मादक पदार्थ र लागु पदार्थ सेवनसम्बन्धी कुनै दुर्व्यसनी नभएको ।

४. सवारी चलाउनको लागि शारिरीक तथा मानसिक रूपमा स्वस्थ ।

५. अपराधिक गतिविधिमा संलग्न नभएको।

६. स्मार्ट फोनको प्रयोग गरी एप (एप्लिकेसन) प्रयोग गर्न सक्ने ।

७. सवारी तथा यातायात सम्बन्धी कानून तथा ट्राफिक नियमको विषयमा जानकारी भएको ।

यी योग्यता पुगेका चालकहरूलाई पूर्व योग्यताको परीक्षण गरी डिजिटल मोबिलिटी सेवामा आबद्ध गराउन सकिनेछ । चालकलाई काममा लगाउनुभन्दा पहिले जीवन बीमा गराउनु र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्नेछ ।


Back_to_top