ईभीमा आउँदै टाटा सफारी

काठमाडौं । टाटा मोटर्सले आफूलाई अग्रणी विद्युतीय सवारी (ईभी) उत्पादकको रूपमा स्थापित गर्ने भएको छ ।

हाल आधादर्जन बढी मोडलका ईभी बिक्री गरिरहेको टाटाले थप नयाँ मोडलको ईभी ल्याउने भएको छ । कम्पनीले आफ्नो लोकप्रिय एसयूभी सफारीलाई अब ईभीमा पनि ल्याउने भएको हो ।

कम्पनीले आफ्नो प्लायगशिप मोडल ह्यारीयर ईभीको सिबिलिङ मोडलको रूपमा सफारी ईभी ल्याउने भएको हो ।

कम्पनीले सफारी ईभी ७ सिट क्षमतामा ल्याउने भएको छ । टाटाले यसलाई आगामी फेस्टिभ सिजनमा बजारमा ल्याउने आकलन छ । सफारी ईभीले महिन्द्रा एक्सईभी नाइन एस र भिनफास्ट एमपीभी सेभेन जस्ता गाडीहरूसँग सिधा प्रतिस्पर्धा गर्नेछ।

आन्तरिक रूपमा सफारी ईभी परियोजनालाई ‘टायरोना’ भनिएको छ । यो ह्यारीयर ईभी जस्तै ‘एक्टिईभी प्लस’ प्लेटफर्ममा आधारित हुन सक्छ ।

टाटाले सफारी ईभीमा ह्यारीयर ईभीमा जस्तै डिजाइन परिवर्तन गरेर ल्याउने अपेक्षा गरिएको छ । यसमा क्लेज ग्रिल र थोरै परिमार्जन गरिएको बम्परका साथै नयाँ अलोय ह्वील डिजाइन हुन सक्छ।

टाटाले सफारी ईभीको इन्टेरियर हालको सफारी आइसीई एसयूभीकै निरन्तरता दिने सम्भावना छ । जुन रणनीति ह्यारीयर ईभी र ह्यारीयर आइसीईमा पनि अपनाइएको थियो।

यद्यपि, सफारी ईभीले ह्यारीयर ईभीको टाइडल आर्किटेक्चरबाट लाभ उठाउनेछ । जसमा अटो पार्क असिस्ट, ५४० डिग्री क्यामेरा, अफरोड असिस्ट, समन मोड, थप उन्नत एडास लगायत फिचर थपिने छन् ।

टाटा सफारी ईभीमा ह्यारीयर ईभी जस्तै ६५ किलोवाट आवर र ७५किलोवाट आवरका दुई ब्याट्री अप्सनमा आउने सम्भावना छ । जसको रेन्ज ह्यारीयर ईभीको जस्तै ६२७ किलोमिटरसम्म हुनेछ ।

सफारी ईभीमा ह्यारीयर ईभी जस्तै ६५किलोवाट आवर ब्याट्री भएका तल्लो भेरियन्टहरूमा सिंगल मोटर रियर ह्वील ड्राइभ र ७५ किलोवाट आवर ब्याट्री भएका माथिल्लो भेरियन्टहरूमा डुअल मोटर अल ह्वील ड्राइभ प्रणाली हुन सक्छ ।

टाटा मोटर्सले ह्यारीयर ईभीको कुल पावर आउटपुट सार्वजनिक गरेको छैन । तर ५०४ न्युटनसम्मको टर्क प्रदान गर्ने उल्लेख छ । यसले १०० किलोवाटको डीसी फास्ट चार्जिङ पनि हुने सम्भावना छ।


Back_to_top